नेपालको सानदार प्रदर्शन : थाई ‘ए’ टिम १९ रनमै अल-आउट

Nepal womens cricket team ( Picture © ZapStudio Hk )
  • विकेटनेपाल, माघ-२ , बुधवार 

थाईल्याण्डमा जारि वुमेन्स थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत चौथो खेलमा थाईल्याण्ड ए टिम र नेपाली महिला राष्ट्रिय टिम प्रतिस्पर्धा गरिरहेका छन्।

टस जितेर पहिले ब्याटिंग गरेको थाईल्याण्ड ए टिमले १९ रनमा सम्पूर्ण विकेट गुमाउदै नेपाललाई २० रनको लक्ष्य दिएको छ।

थाईल्याण्ड ‘ए’ ले ब्याटिंग रोजेपछि कमजोर सुरुवात गर्ने क्रममा २ रनको योगफलमा २ विकेट गुमाउन पुग्यो। रन नखर्चे पनि तेश्रो ओभरमा २ विकेट झारे पनि तेश्रो विकेट झार्न सातौँ ओभरसम्म कुर्नु पर्यो।

१० रन बनाउदा तेश्रो विकेट गुमाएको घरेलु टिमले १ रन पनि थप्न नसक्दा थप ३ विकेट गुमाउन पुग्यो। १०/२ रहेको थाईल्याण्डको योगफल १०/६ पुग्यो। त्यसपछि थप ९ रन जोड्दा बाँकी ४ विकेट पनि उसले गुमाउन पुग्यो फलस्वरूप १५.४ ओभरमा १९ रनमा सबै विकेट गुमाउन पुग्यो।

थाईल्याण्डका ६ जना ब्याट्सउमनहरुले खाता पनि खोल्न सकेनन् भने नेपालले दिएको ७ अतिरिक्त रन योगफलमा सर्वाधिक योगदान रह्यो। थानचनोक फोपलुकले बनाएको ४ रन सर्वाधिक योगदान रह्यो।

Aarati Bidari
Aarati Bidari

नेपालको लागि प्रतियोगितामा पहिलो खेल खेलीरहेकी आरति बिडारीले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर सहित ५ रन मात्र खर्चिन्। यस्तै इन्दु बर्मा ( २-१-२-२ ) र सरिता मगर ( ३-१-४-२ ) ले २/२ विकेट हात पारिन्। कप्तान रुबिना क्षेत्री ( ३-२-३-१ ) र सोनु खड्का ( ३-०-३-१ ) को नाममा १/१ विकेट रह्यो।

प्रतियोगिताको यस अघि सम्पन्न ३ वटा खेलमा मलेसिया, चिन र युएईलाई पराजित गर्दै नेपालले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपालले मलेसियालाई ४ विकेटले, चिनलाई १० विकेटले र युएईलाई ६ विकेटले पराजित गरेको थियो।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]