फाइनलमा थाईल्याण्डसंग पराजित हुँदा नेपालको उपाधि प्रतिक्षा लम्बियो

  • विकेटनेपाल, माघ-५ , शनिवार 

नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाईल्याण्डले थाईल्याण्ड टि-२० स्म्यासको उपाधि जित्न सफल भएको छ।

यो संगै अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोश्रो पटक उपाधि नजिक पुगेको नेपालको पहिलो उपाधि जित्ने प्रतीक्षा अझ लम्बिएको छ। सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी वुमेन्स च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग फाइनलमा पराजित भएको थियो।

प्रतियोगिताको समुह चरणमा नेपाल अपराजित हुँदै समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। सेमीफाइनलमा नेपालले इन्डोनेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। १२ वर्षपछि नेपाली सिनियर टिमले कुनै प्रतियोगिताको फाइनल खेलेको हो।


टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै थाईल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

१२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा १ रन बनाएर आउट भइन् भने लगत्तै ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन्।

पाँचौ ओभरमा प्रतियोगितामा उत्कृस्ट लयमा रहेकी सिता राना मगर पनि १३ रन ( १७ बलमा १ चौका ) बनाएर चनिडाको बलमा क्याच आउट हुन पुग्दा नेपाल ४.५ ओभरमा १५/३ को नाजुक अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने क्रम रोकिएन।

रोमा थापा २ रन, सरिता मगर ५ रन तथा कप्तान रुबिना क्षेत्री ५ रन बनाएर आउट हुँदा नेपालको माथिल्लो क्रम पेभेलियन फर्कियो।

धैर्यतापुर्वक ब्याटिंग गरेकी नेरी थापा पनि १७ रन बनाएर आउट भइन्। नेरीको विकेटपछि करुना भण्डारी ४ रन तथा डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो।

थाईल्याण्डको लागि सुलीपोर्न लाओमिले सर्वाधिक ३ विकेट ( ४-०-१५-३ ) तथा सोरनाऋण टिप्पोचले २ विकेट ( ४-०-६-२ ) हात पारिन्।

थाईल्याण्डको ब्याटिंग  

टस जितेर नेपालले पहिले फिल्डिंग गरेपछि ब्याटिंग गरेको थाईल्याण्डले उत्कृस्ट सुरुवात गर्यो। ओपनर नट्टाकन चान्थम र नरुमल चाईवाईले पहिलो विकेटको लागि ९३ रनको बिशाल साझेदारी गरे।

७ जना बलर प्रयोग गरे पनि पहिलो विकेट पाउन नेपालले १७ औं ओभरको अन्तिम बलसम्म कुर्नु परेको थियो। २७ रन ( ४२ बल ) बनाएकी चाईवाई पनि रन आउट हुँदै आउट भएकी थिईन्।

१ विकेट गुमेपछि पनि थाईल्याण्डले थप विकेट गुमाएन र पुरै २० ओभर ब्याटिंग गर्दै १२१ रनको योगफल तयार गर्यो।

नट्टाकन चान्थमले अविजित ६९ रन बनाउदा ६७ बलमा ४ चौका प्रहार गरिन् भने चनिडा सुत्थीरुआङ्गले अविजित १९ रन बनाउन ११ बलमा १ चौका प्रहार गरिन्। दोश्रो विकेटको लागि दुवैले अविजित २९ रनको साझेदारी गरे।

नेपालको बलिङ्गमा कुनै पनि बलरले विकेट निकाल्न सकेनन्। कविता कुँवर ( ३-०-१०-० ) र सिता राना मगर ( ४-०-२१-० ) ले किफायती बलिङ्ग गरे भने सरिता मगर ( ३-०-१९-० ) , रुबिना क्षेत्री ( ४-०-३०-० ) , करुना भण्डारी ( ३-०-२१-० ) , आरति बिडारी ( २-०-१२-० ) र नेरी थापा ( १-०-७-० ) ले प्रतिओभर ६ भन्दा बढी रन खर्चिए।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]