डेब्युमा आयानले घातक बलिंग गर्दा पहिलो ओडीईमा नेपाल पराजित

डेब्यु ओडीआईमा आयान अफ्जल खानले घातक बलिंग गर्दा पहिलो खेलमा नेपाललाई ८४ रनले पराजित गर्दै भ्रमण टोलि युएईले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १७९ रन मात्र बनायो।

नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ५४ तथा अर्जुन साउदले ५१ रन बनाए। गुल्सन झाले अविजित १९ तथा आसिफ शेखले १२ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा नेपालले ४१ रन बनाउदा ४ विकेट गुमायो। आसिफ शेख, ज्ञानेन्द्र मल्ल र रोहित पौडेललाई डेब्युटेन्ट देब्रे हाते स्पिनर आयान अफ्जल खानले पेभेलियन फर्काए। हरिशंकर रन आउट भए।

पाँचौ विकेटको लागि ओपनर अर्जुन साउदले दिपेन्द्र ऐरीसंग ६८ रनको साझेदारी गरे। एकतीसौं ओभरमा अर्जुन अर्धशतक पुरा गरेलगत्तै रोहन मुस्तफाबाट बोल्ड भए। त्यस अघि साउदले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा अर्धशतक बनाउने क्रममा ७९ बलमा ५ चौका प्रहार गर्दै ५१ रन बनाए। सातौँ नम्बरमा ब्याटिंग गरेका कुशल भुर्तेललाई चौतिसौं ओभरमा आयानले क्याच आउट पारे। सोमपाल कामि अडतीसौं ओभरमा आउट भए पछि एक किनार सम्हालीरहेका दिपेन्द्र ऐरी चालीसौं ओभरमा जहुर खानबाट क्याच आउट भए। अन्तिममा गुल्सन झाले एक किनार सम्हालेता पनि जित्न पर्याप्त रहेन।

१७ वर्षीय देब्रे हाते स्पिनर आयान अफ्जल खानले ४ विकेट लिए
१७ वर्षीय देब्रे हाते स्पिनर आयान अफ्जल खानले ४ विकेट लिए

युएईका देब्रे हाते स्पिनर आयान अफ्जल खान १० ओभरमा ४ मेडन ओभर गर्दै १४ रन खर्चेर ४ विकेट लिए। बसिल हमिदले २, जहुर खान, रोहन मुस्तफा र एहमद राजाले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको भ्रमण टोलिले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो।

युएईको लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाए। मुहम्मद वासिमले ४४ तथा भ्रित्या अरविन्दले ४० रन बनाए। अलिशन शरफुले २९, एहमद राजाले अविजित २७ तथा आयन अफजल खानले २६ रन बनाए।

ओपनर वासिम र अरविन्दाले ७५ रनको साझेदारी गरेका थिए। पन्ध्रौँ ओभरमा गुल्सन झाले वासिमलाई बोल्ड गर्दै साझेदारी तोडे। सोहि ओभरमा गुल्सनले कप्तान सिपि रिजवानको विकेट लिए। तेश्रो विकेटको लागि अरविन्दाले मुस्तफासंग ५२ रन जोडे। छब्बीसौं ओभरमा अरविन्दालाई दिपेन्द्र ऐरीले एलबिडब्लु पारे।

चौंथो विकेटको लागि मुस्तफाले आलिशान शराफुसंग ५३ रन जोडे। मुस्तफालाई अडतीसौं ओभरमा सोमपाल कामिले क्याच आउट पारे। ४२ औं ओभरमा शरफु रन आउट भए। पैतालीसौं ओभरमा बसिल हमिद पनि रन आउट हुँदा युएई दबाबमा आयो।

सातौँ विकेटको लागि आयन अफ्जल खान र एहमद राजाले ४८ रनको साझेदारी गरे। अफ्जल अन्तिम ओभरमा रन आउट भए।

नेपालको बलिंगमा पेसर गुल्सन झाले २ विकेट लिंदा दिपेन्द्र ऐरी र सोमपाल कामिले १/१ विकेट लिए। तिन युएई ब्याट्सम्यान रन आउट भए।

खेलमा हरिशंकर शाह र अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। युएईका आयन अफ्जल खान र हजरत बिलालले पनि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरे।

सिरिजको दोश्रो खेल नोभेम्बर १६ र तेश्रो खेल नोभेम्बर १८ तारिखमा खेलिनेछ।





थप समाचार

हङकङसँग पराजित हुँदै नेपालले इमर्जिङ कप पनि गुमायो

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालमाथी विजयी निकालेर हङकङ एसीसी नेपालले इमर्जिङ […]

कोशीलाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत शनिवार भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले सहज जित हात […]

नेपालद्वारा हङकङलाई १४० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले हङकङलाई १ सय ४० रनको लक्ष्य […]

नेपालले टस जित्यो

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को तेस्रो स्थानको लागि हुन लागेको खेलमा हङकङविरुद्ध नेपालले टस जितेको छ । […]

नेपालका ६ क्रिकेटरले मलेसियन सुपर कप खेल्ने

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले शनिबार […]

इमर्जिङ एसिया कपमा स्थान बनाउँन हङकङसँग खेल्दै नेपाल

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल […]