दबाबमा आरिफ र गुल्सनको साझेदारीले नेपालको कठिन जित, सिरिज बराबरी

दोश्रो खेलमा भ्रमण टोलि युएईलाई पराजित गर्दै नेपालले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा ओपनर अर्जुन साउद खाता नखोली तथा आसिफ शेख ६ रन बनाएर हजरत बिलालबाट आउट भए। तेश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग ३१ रनको साझेदारी गरेपछि८ रन बनाएका कप्तान  रोहित रोहन मुस्तफाबाट एलबिडब्लु भए। ५९ बलमा ४ चौका मद्दतले २६ रन बनाएका ज्ञानेन्द्र मल्ल अठारौं ओभरमा रन आउट भए।

पाँचौ विकेटको लागि कुशल भुर्तेल र दिपेन्द्र ऐरीले ३५ रनको साझेदारी गरे। पच्चीसौं ओभरमा ऐरीलाई बसिल हमिदले बोल्ड गरे। तीसौं ओभरमा  कुशल भुर्तेललाई मुस्तफाले बोल्ड गरे। नेपालले १०६ रन बनाउदा ६ विकेट गुमायो।

दबाबमा सातौँ नम्बरमा ब्याटिंग गर्न आएका आरिफ शेखले आठौँ नम्बरका गुल्सन झासंग इनिंग्स अघि बढाए। अर्धशतकीय साझेदारी गरेपछि गुल्सन पैतालीसौं ओभरमा मुस्तफाबाट क्याच आउट भए। ४९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाएका गुल्सनले आरिफसंग ६२ रनको साझेदारी गरे। त्यसपछि आरिफले सोमपाल कामिसंग अविजित रहँदै जितसम्म पुर्याए।

अघिल्लो खेलमा टिम बाहिर रहेका आरिफले ५८ बलमा ३ चौका मद्दतले अविजित ३३ रन बनाए। सोमपालले १६ बलमा २ चौका मद्दतले १६ रन बनाए। स्कोरकार्ड 

युएईको बलिंगमा अफ स्पिनर रोहन मुस्तफाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा २४ रन खर्चिए। हजरत बिलालले २ तथा बसिल हमिदले १ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन मात्र बनायो।

युएईको लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक ५० रन बनाए। अलिशान शरफुले ३५, भ्रित्या अरविन्दले २५, बसिल हमिदले २४ तथा कप्तान सिपि रिजवानले २२ रन बनाए।

युएई ओपनर मुहम्मद वासिम र भृत्या अरविन्दले ७२ रनको ओपनिंग साझेदारी गरे। बाह्रौं ओभारमा दिपेन्द्र ऐरीले अरविन्दलाई क्याच आउट पार्दै नेपाललाई खेलमा फर्काए। त्यसपछि युएईले लगातार विकेट गुमायो। पन्ध्रौँ ओभरमा अर्धशतक पुरा गरेलगत्तै वासिम ललित राजबंशीबाट क्याच आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका रोहन मुस्तफा ४ रन बनाएर उन्नाईसौं ओभरमा सोमपाल कामिबाट बोल्ड भए। युएईलाई अझ दबाब बनाउन लेग स्पिनर कुशल भुर्तेलले युएई कप्तान सिपि रिजवानलाई रोहित पौडेलबाट क्याच आउट पारे। कुशलको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट थियो।

७२/० बाट ११२/४ को अवस्थामा पुगेको युएईलाई अलिशान शरफु र डेब्यु गरेका विष्णु सुकुमरनले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ४३ रन जोडे। चौतिसौं ओभरमा सुकुमरनलाई करन केसीले विकेटपछाडी क्याच आउट पारे। त्यसपछि भने नेपालले लगातार विकेट लिंदै युएईलाई दवावमा राख्यो। फलस्वरुप ४३.२ ओभरमा युएई अलआउट भयो।

नेपालको बलिंगमा सोमपाल कामि र ललित राजवंशीले ३/३ विकेट लिए। करन केसी, गुल्सन झा, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए।

सिरिजको निर्णायक खेल नोभेम्बर १८ तारिखमा हुनेछ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]