नेपालको शानदार सुरुवात, युएईले गुमायो ४ विकेट

२०७८ चैत्र ४, शुक्रबार १२:१४

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको युएईले खराब सुरुवात गरेको छ।

१२ ओभर समाप्तिमा युएईले ४ विकेट गुमाएर ४० रन बनाएको छ। क्रिजमा चुन्दागापोयील रिजवान ६ तथा रोहन मुस्तफा खाता नखोली अविजित छन्।

सोमपाल कामिले युएईका माथिल्लो क्रमका तिन ब्याट्सम्यानको विकेट लिएका थिए। उनले चिराग सुरी ( ६ ) , भृत्य अरविन्द ( २ ) र मुहम्मद वासिम ( २१ ) को विकेट लिएका थिए। त्यसपछि करन केसीले आसिफ खान ( २ ) को विकेट लिएका हुन्।

सोमपालले ६ ओभरमा १७ रन खर्चेर ३ विकेट लिंदा करनले २ ओभरमा २ रन खर्चेर १ विकेट लिएका हुन्। कमल सिंह ऐरी ४ ओभरमा २० रन खर्चेर विकेटविहिन रहे।

लाइभ हेर्न क्लिक गर्नुस  

सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले अन्तिम एघारमा एउटा मात्र परिवर्तन गरेको छ। विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीको स्थानमा फास्ट बलर कमल सिंह ऐरीले अन्तिम एघारमा स्थान पाएका छन्। बिनोद पछिल्लो समय लयमा छैनन्। ऐरीसंगी टिममा सोमपाल कामि, करन केसी र आरिफ शेख गरि चार जना मिडियम पेसर छन्। खराब लयमा रहेका ज्ञानेन्द्र मल्ललाई भए निरन्तरता दिईएको छ।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, कमल सिंह ऐरी, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने ( कप्तान ) , सागर ढकाल

युएईको अन्तिम एघार : चिराग सुरी, मुहम्मद वासिम, भृत्य अरविन्द ( विकेटकिपर ) , आसिफ खान, चुन्दनगापोयील रिजवान, बसिल हमिद, काशिफ दाउद, रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy