नेपालको शानदार सुरुवात, युएईले गुमायो ४ विकेट

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको युएईले खराब सुरुवात गरेको छ।

१२ ओभर समाप्तिमा युएईले ४ विकेट गुमाएर ४० रन बनाएको छ। क्रिजमा चुन्दागापोयील रिजवान ६ तथा रोहन मुस्तफा खाता नखोली अविजित छन्।

सोमपाल कामिले युएईका माथिल्लो क्रमका तिन ब्याट्सम्यानको विकेट लिएका थिए। उनले चिराग सुरी ( ६ ) , भृत्य अरविन्द ( २ ) र मुहम्मद वासिम ( २१ ) को विकेट लिएका थिए। त्यसपछि करन केसीले आसिफ खान ( २ ) को विकेट लिएका हुन्।

सोमपालले ६ ओभरमा १७ रन खर्चेर ३ विकेट लिंदा करनले २ ओभरमा २ रन खर्चेर १ विकेट लिएका हुन्। कमल सिंह ऐरी ४ ओभरमा २० रन खर्चेर विकेटविहिन रहे।

लाइभ हेर्न क्लिक गर्नुस  

सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले अन्तिम एघारमा एउटा मात्र परिवर्तन गरेको छ। विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीको स्थानमा फास्ट बलर कमल सिंह ऐरीले अन्तिम एघारमा स्थान पाएका छन्। बिनोद पछिल्लो समय लयमा छैनन्। ऐरीसंगी टिममा सोमपाल कामि, करन केसी र आरिफ शेख गरि चार जना मिडियम पेसर छन्। खराब लयमा रहेका ज्ञानेन्द्र मल्ललाई भए निरन्तरता दिईएको छ।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, कमल सिंह ऐरी, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने ( कप्तान ) , सागर ढकाल

युएईको अन्तिम एघार : चिराग सुरी, मुहम्मद वासिम, भृत्य अरविन्द ( विकेटकिपर ) , आसिफ खान, चुन्दनगापोयील रिजवान, बसिल हमिद, काशिफ दाउद, रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]