हरि चौहान र भिमको अर्धशतक , नेपालद्वारा युएईलाई २४८ रनको लक्ष्य

  • विकेटनेपाल, चैत-३० 

आईसीसी यु-१९ विश्व कप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपाललले आफ्नो दोश्रो खेलमा युएईसग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रनको योगफल तयार गर्दै २४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिंगापुरलाई पराजित गरिसकेको छ।

किनरारा ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले ओपनर पवन सर्राफलाई तेश्रो ओभरमा गुमायो।  आक्रामक सुरुवात गरेका सर्राफले १२ रन बनाउन ९ बलमा १ छक्का र १ चौका प्रहार गरे।

Rit Gautam
Rit Gautam

दोश्रो विकेटको लागि ओपनर रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गरे। आसिफ २७ रन ( ३८ बलमा ५ चौका ) बनाएर आउट भए। अघिल्लो खेलमा ९५ रन बनाएका कप्तान रोहित पौडेल पनि १८ रन ( २३ बलमा ३ चौका ) बनाएर आउट भए। सन्दिप जोरा पनि ४ रन मात्रै बनाएर तथा एक किनार सम्हालीरहेका रित गौतम पनि ४४ रन बनाएर आउट भए।

२६ औं ओभरमा आउट भएका गौतमले ४४ रन बनाउन ७३ बलमा ३ चौका प्रहार गरे।

२५.३ ओभरमा ११५/५ को अवस्थामा समस्यामा रहेको नेपालको इनिंगलाई छैठौं विकेटको लागि हरि बहादुर चौहान र भिम शार्कीले अघि बढाए। दुवैले साझेदारीको रुपमा ९२ रन जोड्दा नेपालले योगफल २०० पार गर्यो।

अर्धशतक पुरा गरेलगत्तै भिम ४३ औं ओभरमा आउट भए। उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

भिमको विकेटपछि नेपालले लगातार विकेट गुमायो। कुशल मल्ल र राशिद खान समान १/१ रन तथा कमल ऐरि २ रन बनाएर आउट भए।

Bhim Sharki

अर्को किनारमा विकेट गुमे पनि हरि चौहानले इनिंग सम्हालीरहे र अर्धशतक पुरा गरे। दशौँ विकेटको लागि हरिले सागर ढकालसंग २३ रनको साझेदारी गरे।

सागर २ रन बनाएर आउट हुँदा हरि ६७ रन बनाएर अविजित रहे। ७४ बल खेल्दा उनले ७ चौका प्रहार गरे।

नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रनको योगफल तयार गर्यो।

युएईको बलिङ्गमा र मुखर्जीले सर्वाधिक ४ विकेट ( १०-०-६४-४ ) तथा मुहम्मद फराजुद्दीनले ३ विकेट ( १०-५२-३ ) लिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]