मुस्तफाको अर्धशतकमा युएईद्वारा नेपाललाई चुनौतिपूर्ण लक्ष्य

युएईको नेपाल भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सुरु भएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको भ्रमण टोलिले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाउदै नेपाललाई २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्कोरकार्ड हेर्नुस 

युएईको लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाए। मुहम्मद वासिमले ४४ तथा भ्रित्या अरविन्दले ४० रन बनाए। अलिशन शरफुले २९, एहमद राजाले अविजित २७ तथा आयन अफजल खानले २६ रन बनाए।

ओपनर वासिम र अरविन्दाले ७५ रनको साझेदारी गरेका थिए। पन्ध्रौँ ओभरमा गुल्सन झाले वासिमलाई बोल्ड गर्दै साझेदारी तोडे। सोहि ओभरमा गुल्सनले कप्तान सिपि रिजवानको विकेट लिए। तेश्रो विकेटको लागि अरविन्दाले मुस्तफासंग ५२ रन जोडे। छब्बीसौं ओभरमा अरविन्दालाई दिपेन्द्र ऐरीले एलबिडब्लु पारे।

Rohan Mustafa

चौंथो विकेटको लागि मुस्तफाले आलिशान शराफुसंग ५३ रन जोडे। मुस्तफालाई अडतीसौं ओभरमा सोमपाल कामिले क्याच आउट पारे। ४२ औं ओभरमा शरफु रन आउट भए। पैतालीसौं ओभरमा बसिल हमिद पनि रन आउट हुँदा युएई दबाबमा आयो।

सातौँ विकेटको लागि आयन अफ्जल खान र एहमद राजाले ४८ रनको साझेदारी गरे। अफ्जल अन्तिम ओभरमा रन आउट भए।

नेपालको बलिंगमा पेसर गुल्सन झाले २ विकेट लिंदा दिपेन्द्र ऐरी र सोमपाल कामिले १/१ विकेट लिए। तिन युएई ब्याट्सम्यान रन आउट भए।

खेलमा हरिशंकर शाह र अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका छन्।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]