नेरी थापाको उत्कृस्ट बलिंग, युएई ४१ रनमै समेटियो

Kabita Kunwar
  • विकेटनेपाल, फाल्गुन-१० , शुक्रबार

थाइल्याण्डमा जारि आईसीसी टि-२० विश्वकप एसिया छनौट प्रतियोगिता आफ्नो तेश्रो खेलमा नेपाल युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले १७.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४१ रन बनाउदै नेपाललाई ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टि-२० अन्तर्राष्ट्रियमा युएईले बनाएको ४१ रन नेपाल बिरुद्ध कुनै पनि टिमले बनाएको दोश्रो कम योगफल हो। जनवरीमा सम्पन्न थाईल्याण्ड टि-२० स्म्यासमा इन्डोनेसिया २७ रनमा नेपालसंग समेटिन पुगेको थियो।


पहिले ब्याटिंग गर्ने क्रममा खराब सुरुवात गरेको युएईले सुरुवात देखि लगातार विकेट गुमाउन पुगेको थियो। ओपनर छाया मुगल ( ३ ) , इशा ओजा ( २ ) , इगोडागे ( ४ ) , भेन्कटरमन ( ३ ), हुमैरा तस्निम ( १ ) र उडेनी डोना ( ० ) आउट हुन युएई ९ ओभरमा १९/६ को अवस्थामा पुगेको थियो।

सातौं विकेटको लागि सेनेभीरत्ना र नेहा शर्माले १६ रनको साझेदारी गरे। १३ रन बनाएपछि सेनेभीरत्ना १३ रन बनाएर नेरी थापाबाट आउट हुँदा साझेदारी टुटेको थियो। त्यसपछि युएई ब्याट्सवुमनहरुले योगफलमा खास योगदान दिन सकेनन् र ४१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा नेरी थापाले सर्वाधिक ४ विकेट लिईन्। ३.३ ओभरमा उनले १ मेडन ओभर सहित ६ रन खर्चिन्। यस्तै सिता राना मगर ( ४-१-७-२ ) , कविता कुँवर ( ३-०-७-२ ) र सोनु खड्का ( २-०-६-२ ) ले २/२ विकेट हात पारे।

नेरी थापाले लिएको ४ विकेट टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको लागि दोश्रो उत्कृस्ट बलिङ्ग स्पेल हो। यस अघि गत महिना थाईल्याण्डमा सम्पन्न थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा रुबिना क्षेत्रीले इन्डोनेसिया बिरुद्ध ३.१ ओभरमा २ मेडन ओभर गर्दै २ रन खर्चेर ४ विकेट हात पारेकी थिईन् जुन सबैभन्दा उत्कृस्ट स्पेल हो। टि -२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ४ विकेट लिएको भने नेपालको लागि यो तेश्रो अवसर हो। सरिता मगरले थाईल्याण्ड टि -२० स्म्यासमा मलेसिया बिरुद्ध ४ विकेट हात पारेकी थिईन्।

टि-२० महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उत्कृस्ट स्पेल :- 

३.१-२-२-४ – रुबिना क्षेत्री ( बिरुद्ध इन्डोनेसिया, थाईल्याण्ड टि -२० स्म्यास २०१९ )
३.३-१-६-४ – नेरी थापा ( बिरुद्ध युएई , टि -२० विश्वकप एसिया छनौट २०१९ )
३.३-०-११-४ – सरिता मगर ( बिरुद्ध मलेसिया , थाईल्याण्ड टि -२० स्म्यास २०१९ )
४-०-९-३ – करुना भण्डारी ( बिरुद्ध चिन , थाईल्याण्ड टि -२० स्म्यास २०१९ )

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा थाईल्याण्डसंग ५७ रनले पराजित हुन पुगेको थियो।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]