युएई बिरुद्ध बिनोद भण्डारी बाहिर, नेपाल पहिले बलिंग गर्दै

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भन युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ११:१५ बजे सुरु हुने खेलमा टस जितेर युएईले पहिले ब्याटिंग रोजेको छ। नेपालले आज पनि पहिले फिल्डिंग गर्नेछ।

नेपालले अन्तिम एघारमा एउटा मात्र परिवर्तन गरेको छ। विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीको स्थानमा फास्ट बलर कमल सिंह ऐरीले अन्तिम एघारमा स्थान पाएका छन्। बिनोद पछिल्लो समय लयमा छैनन्। ऐरीसंगी टिममा सोमपाल कामि, करन केसी र आरिफ शेख गरि चार जना मिडियम पेसर छन्। खराब लयमा रहेका ज्ञानेन्द्र मल्ललाई भए निरन्तरता दिईएको छ।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, कमल सिंह ऐरी, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने ( कप्तान ) , सागर ढकाल

युएईको अन्तिम एघार : चिराग सुरी, मुहम्मद वासिम, भृत्य अरविन्द ( विकेटकिपर ) , आसिफ खान, चुन्दनगापोयील रिजवान, बसिल हमिद, काशिफ दाउद, रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]