युएई बिरुद्ध नेपाल टस जितेर फिल्डिंग गर्दै, अन्तिम एघारमा तिन वटा परिवर्तन

युएईमा नेपाल, युएई र पपुवा न्यु गिनी बीच जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक युएईको सामना गर्दैछ। खेल नेपाली समय ११:१५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुँदैछ।

खेलमा टस जितेर नेपालले युएईलाई पहिले ब्याटिंगको निम्तो दिएको छ। नेपालले आज अन्तिम एघारमा विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी, दायाँ हाते पेसर बिक्रम सोब र अफस्पिन अलराउण्डर पवन सर्राफलाई मौका दिएको छ। विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, देब्रे हाते स्पिनर सागर ढकाल र पेसर कमल सिंह ऐरीलाई बाहिर राखीएको छ।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आरिफ शेख, करन केसी, बिनोद भण्डारी ( विकेटकिपर ) , रोहित पौडेल, सोमपाल कामि, बिक्रम सोब र पवन सर्राफ

युएईको अन्तिम एघार : मुहम्मद वासिम, चिराग सुरी, चुन्दनगापोयील रिजवान, भृत्य अरविन्द ( विकेटकिपर ) , आलिशान शरफु, बसिल हमिद, रोहन मुस्तफा, काशिफ दाउद, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी

जारि सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा युएईसंग ४८ रनले पराजित भएको थियो। युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो भने अर्को खेलमा पपुवा न्यु गिनीसंग ६ विकेटको हार बेहोरेको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]