लगातार विकेटले युएई दवावमा, मुस्तफा र अरविन्द जम्दै

२०७८ चैत्र ७, सोमबार १३:२२

युएईमा नेपाल, युएई र पपुवा न्यु गिनी बीच जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा हुँदैछ।

खेलमा टस हारेर ब्याटिंग गरेको युएईले ३० ओभर समाप्तिमा ३ विकेट गुमाएर १०१ रन बनाएको छ। क्रिजमा रोहन मुस्तफा र भृत्य अरविन्द क्रमशः १३ र २२ रन बनाएर अविजित छन्।

युएई ओपनर मुहम्मद वासिम र चिराग सुरीले ५७ रनको ओपनिंग साझेदारी गरे। सोमपाल कामि, करन केसी र बिक्रम सोब सुरुवाती स्पेलमा विकेट लिन असफल रहे। १७ औं ओभरमा कप्तान सन्दिप लामिछानेले ३३ रन बनाएका वासिमलाई एलबिडब्लु गर्दै विकेटको खाता खोले। १९ औं ओभरमा अर्का ओपनर सुरी पनि २६ रन बनाएर करन केसीबाट विकेटपछाडी सम्तीं पुगे। २३ औं ओभरमा दिपेन्द्र ऐरीले ४ रन बनाएका चुन्दनगापोयीललाई विकेटपछाडी क्याच आउट पारे।

नेपालको बलिंगमा सन्दिप लामिछाने ( ५-१-१३-१ ) , करन केसी ( ६-०-१७-१ ) र दिपेन्द्र ऐरी (५-०-२३-१ ) ले समान १ विकेट लिएका छन्। विक्रम सोब ( ४-१-२०-०) , सोमपाल कामि ( ५-०-१५-० ) , र आरिफ शेख ( ५-०-१३-० ) विकेटविहिन रहेका छन्।

खेलमा टस जितेर नेपालले युएईलाई पहिले ब्याटिंगको निम्तो दिएको छ। नेपालले आज अन्तिम एघारमा विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी, दायाँ हाते पेसर बिक्रम सोब र अफस्पिन अलराउण्डर पवन सर्राफलाई मौका दिएको छ। विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, देब्रे हाते स्पिनर सागर ढकाल र पेसर कमल सिंह ऐरीलाई बाहिर राखीएको छ।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आरिफ शेख, करन केसी, बिनोद भण्डारी ( विकेटकिपर ) , रोहित पौडेल, सोमपाल कामि, बिक्रम सोब र पवन सर्राफ

युएईको अन्तिम एघार : मुहम्मद वासिम, चिराग सुरी, चुन्दनगापोयील रिजवान, भृत्य अरविन्द ( विकेटकिपर ) , आलिशान शरफु, बसिल हमिद, रोहन मुस्तफा, काशिफ दाउद, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी

जारि सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा युएईसंग ४८ रनले पराजित भएको थियो। युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो भने अर्को खेलमा पपुवा न्यु गिनीसंग ६ विकेटको हार बेहोरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy