युगान्डाद्वारा नेपाल पराजित, सिरिजमा अग्रता

युगान्डाको नेपाल भ्रमण अन्तर्गत पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा युगान्डा १२ रनले विजयी भएको छ । स्कोरकार्ड 

टियु अन्तर्राष्ट्रिय मैदानमा युगान्डाले दिएको १०३ रनको लक्ष पछ्याएको नेपालले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षतिमा ९० रन मात्र बनायो । नेपालको लागि उपकप्तान इन्दु बर्माले सर्वाधिक १६, डली भट्टले १३, बिन्दु रावलले १३ तथा कविता कुँवरले ११ रन योगदान दिए। लक्ष पछ्याउने क्रममा नेपालले शिर्ष क्रमको तिन विकेट रन आउट मार्फत गुमाउन पुग्यो। युगान्डा बलर कंकी अवेको र सराह अक्टेंगले २/२ तथा जनेट म्बाब्जी र रिता मुसामालीले १/१ विकेट लिए ।

टस हारेर ब्याटिंग गरेको युगान्डाले २० ओभरमा ५ विकेट क्षतिमा १०२ रन बनायो। युगान्डाको लागि जेनेट एमबाबाजीले सर्वाधिक २९, रिता न्यागेन्डोले १८, केभिन अविनोले १५, रिता मुसामालीले १३ तथा फ्रान्कलिन नाजुम्बाले १२ रन योगदान दिए ।

नेपालको बलिंगमा कविता कुँवरले २ विकेट लिंदा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल मंगलबार खेलिनेछ। नेपाल र युगान्डा पहिलो पटक अन्तर्राष्ट्रिय महिला क्रिकेटमा आमने सामने भएका हुन् ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]