युगान्डाद्वारा नेपाल पराजित, सिरिजमा अग्रता

२०७९ जेष्ठ २, सोमबार १६:२१

युगान्डाको नेपाल भ्रमण अन्तर्गत पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा युगान्डा १२ रनले विजयी भएको छ । स्कोरकार्ड 

टियु अन्तर्राष्ट्रिय मैदानमा युगान्डाले दिएको १०३ रनको लक्ष पछ्याएको नेपालले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षतिमा ९० रन मात्र बनायो । नेपालको लागि उपकप्तान इन्दु बर्माले सर्वाधिक १६, डली भट्टले १३, बिन्दु रावलले १३ तथा कविता कुँवरले ११ रन योगदान दिए। लक्ष पछ्याउने क्रममा नेपालले शिर्ष क्रमको तिन विकेट रन आउट मार्फत गुमाउन पुग्यो। युगान्डा बलर कंकी अवेको र सराह अक्टेंगले २/२ तथा जनेट म्बाब्जी र रिता मुसामालीले १/१ विकेट लिए ।

टस हारेर ब्याटिंग गरेको युगान्डाले २० ओभरमा ५ विकेट क्षतिमा १०२ रन बनायो। युगान्डाको लागि जेनेट एमबाबाजीले सर्वाधिक २९, रिता न्यागेन्डोले १८, केभिन अविनोले १५, रिता मुसामालीले १३ तथा फ्रान्कलिन नाजुम्बाले १२ रन योगदान दिए ।

नेपालको बलिंगमा कविता कुँवरले २ विकेट लिंदा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल मंगलबार खेलिनेछ। नेपाल र युगान्डा पहिलो पटक अन्तर्राष्ट्रिय महिला क्रिकेटमा आमने सामने भएका हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy