युगान्डा घरेलु टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि महिला क्रिकेट टोलीको घोषणा

Nepal Women's Cricket Team

नेपाल क्रिकेट सघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना गर्न लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले कप्तान रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीका अन्य खेलाडीमा सीता रानामगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अश्मिना कर्माचार्य, सुमन खतिवडा, सङ्गीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरणमायी रोय र ऋतु कनोजिया छन्।

नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा अफ्रिकी मुलुक युगान्डासँग पाँच वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले युगान्डासँग जेठ २, ३, ५, ६ र ७ गते पाँचवटा टी–२० खेल खेल्नेछ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]