युगान्डा घरेलु टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि महिला क्रिकेट टोलीको घोषणा

२०७९ बैशाख २९, बिहीबार २३:२२

Nepal Women's Cricket Team

नेपाल क्रिकेट सघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना गर्न लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले कप्तान रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीका अन्य खेलाडीमा सीता रानामगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अश्मिना कर्माचार्य, सुमन खतिवडा, सङ्गीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरणमायी रोय र ऋतु कनोजिया छन्।

नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा अफ्रिकी मुलुक युगान्डासँग पाँच वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले युगान्डासँग जेठ २, ३, ५, ६ र ७ गते पाँचवटा टी–२० खेल खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy