नेपाल र वेस्टइण्डिजबीचको सिरिज आजबाट

२०८२ आश्विन ११, शनिबार ०८:३५

काठमाडौं – नेपाल र वेस्टइण्डिजबीचको तीन खेलको टि२० आई सिरिज अन्तर्गतको पहिलो खेल आज हुदैछ ।

नेपाल र वेस्टइण्डिजबीचको खेल युएईको सारजहाँ क्रिकेट स्टेडियममा नेपाली समय अनुसार शनिबार बेलुका ८ः१५ मा सुरु हुनेछ । नेपाललले टि ट्वान्टी अन्तर्राष्ट्रियको इतिहासमा पहिलो पटक शनिबार वेस्ट इण्डिजको सामना गर्न लागेको हो ।

खेल युएईमा आयोजना भए पनि सिरिजको आयोजक भने नेपाल रहेको छ । ३ खेलको ऐतिहासिक सिरिजको दोस्रो खेल सोमबार तथा तेस्रो खेल मंगलबार आयोजना हुदैछ ।

नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग खेल्न लागेको यो नै पहिलो सिरिज हो । यसअघि नेपालले विभिन्न आईसीसिका प्रतियोगिता तथा त्रिदेशीय सिरिजमा खेलेको भए पनि दुईपक्षिय सिरिजमा भने पहिलो पटक खेल्न लागेको हो ।

नेपालले टि२० आईको इतिहासमा खेल्न लागेको वेस्ट इण्डिज २७औं प्रतिद्वन्दी मुलुक हो । यस्तै नेपालले खेल्न लागेको वेस्ट इण्डिज छैटौं टेस्ट राष्ट्र हो । नेपालले टि २० आई मा मात्र ५ वटा टेस्ट राष्ट्रको सामना गरिसक्दा टेस्ट राष्ट्रमाथि जित हात पार्न सकेको छैन ।

नेपालले ओडिआईमा भने वेस्ट इण्डिजको सामना गरिसकेको छ । सन् २०२३ मा जिम्बाब्वेमा भएको ओडिआई विश्वकपको ग्लोबल छनोटमा भएको भेटमा नेपाल १ सय १ रनको विशाल अन्तरले पराजित भएको थियो ।

नेपालले गत वर्ष वेस्ट इण्डिजको ‘ए’ टिमसँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३-२ ले गुमाएको थियो ।

https://youtu.be/pHZ-_rwaG2k?si=koYI5eoDqQaJgMmm

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy