नेपाललाई ३ विकेटले हराउँदै जिम्बावे ‘ए’ को एकदिवसीय शृंखलामा अग्रता

घरेलु टोलि नेपाललाई ३ विकेटले पराजित गर्दै जिम्बावे ‘ए’ ले ३ खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ । यसअघि सम्पन्न ट्वान्टी-२० शृंखला भने १-१ को बराबरीमा टुंगिएको थियो ।

कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा १३७ रनको सामान्य लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले ७ विकेट गुमाउँदै २६ ओभरमा पुरा गर्यो । जिम्बावे ‘ए’ को जितमा ओपनरद्वय इनोसेन्ट काय र सेफास झुवाओले क्रमशः ४८* र ३२ रन बनाए । यस्तै, ब्राड इभान्सले अविजित १७ तथा रोय कायाले १४ रनको योगदान दिए ।

काय र झुवाओले पहिलो विकेटको लागि ३९ रनको साझेदारी गर्दै जिम्बावे ‘ए’ लाई राम्रो सुरुवात दिलाए । झुवाओलाई कप्तान सन्दिप लामिछानेले आउट पार्दै साझेदारी तोडे । त्यसपछि कायले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दै ताडीवान्से मारुमानीसँग दोस्रो विकेटको लागि १२ तथा रोय कायासँग तेस्रो विकेटको लागि २९ रनको साझेदारी गर्दै जिम्बावे ‘ए’ लाई खेलमा अघि बढाए ।

एक समय ८०/३ को स्थितिमा रहेको जिम्बावे ‘ए’ ले थप ३८ रन जोड्दा ४ विकेट गुमाउन पुगेपछि नेपालले झिनो जितको आश कायम राखेको थियो । तर, अन्तिममा काय र ब्राड इभान्सले अविजित १९ रनको साझेदारी गर्दै जिम्बावे ‘ए’ लाई जितसम्म डोर्याए । इभान्सले सुशन भारिले गरेको २६औं ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै जिम्बावे ‘ए’ लाई सिरिजमा अग्रता दिलाए ।

नेपालको बलिंगतर्फ कप्तान सन्दिप लामिछाने ( १०-१-३२-२ )र करण केशीले ( ५-०-३०-२ ) समान २ तथा सोमपाल कामी र सागर ढकालले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रनमात्र बनाएको थियो । नेपालको ब्याटिंगतर्फ सोमपाल कामीले सर्वाधिक ३०, करण केशीले २५, कुशल भुर्तेलले १९ तथा दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बावे ‘ए’ को बलिंगतर्फ ब्राड इभान्सले ( ८.३-०-२७-४ ) सर्वाधिक ४ तथा फास झुवाओ, ब्रान्डन माभुटा र भिक्टर न्यायुचीले समान २ विकेट लिए ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]