नेपालको शानदार पुनरागमन जित

दोश्रो एकदिवसीयमा जिम्बाब्वे ए  लाई ९ विकेटले पराजित गर्दै नेपालले तिन खेलको एकदिवसीय सिरिज १-१ को बराबरी गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११. ओभरमा १ विकेट क्षतिमा भेटायो। स्कोरकार्ड 

लक्ष पछ्याउने क्रममा ओपनर सुनिल धमला र आसिफ शेखले ७९ रनको साझेदारी गर्दै सहज जिततर्द डोर्याए। ५ वर्ष पछि राष्ट्रिय टिममा पुनरागमन गरेका धमला ३८ रन बनाएर आउट भए जुन क्रममा ३८ बलमा ६ चौका प्रहार गरे। आसिफ शेखले अविजित ३४ रन बनाए जसले ३१ बलमा ६ चौका प्रहार गरे। बिनोद भण्डारीले अविजित ४ रन बनाए।

टस हारेर ब्याटिंग गरेको जिम्बाब्वे एले  ३१.५ ओभरमा ८७ रन बनायो। उसको लागि जोनाथन क्याम्पवेलले २७, ब्राड इभान्सले २० तथा केफस झुवाओले १० रन बनाए।

नेपालको बलिंगमा ओपनिंग पेसरद्वय करन केसी ( ८-३-१७-३ ) र सोमपाल कामिले ( ७-०-१६-३ ) २/२ विके, सन्दिप लामिछानेले २ विकेट ( ८.५-१-२६-२ ) र सागर ढकालले १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। सिरिजको निर्णायक तेश्रो खेल सोमबार खेलिनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]