नेपाल र मलेसिया भोली खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र मलेसियाको महिला टोलीबीचको दोस्रो टि२० आई शनिबार (भोली) हुदैछ ।

मलेसिया र नेपालबीचको दोस्रो टि२० खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ८ मा बायुमास ओभलमा हुदैछ । नेपाल बिहीबार भएको पहिलो खेलमा ३ रनले पराजित भएको थियो । पहिलो खेलमा हारसँगै नेपाल सिरिजमा १-० ले पछि परिसकेको छ ।

यो खेलमा जित हात पारेर नेपाल पाँच खेलको सिरिज बराबरीमा ल्याउन चाहन्छ । तेस्रो, चौथो र पाँचौ खेल क्रमशः आइतबार, मंगलबार र बुधबार रहेको छ । नेपाल आगामी जनवरीमा घरेलु भुमीमा नै आयोजना हुने आइसिसी महिला टि२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको छ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy