एसिया कपमा युएईसँग पहिलो पटक खेल्दै नेपाल

काठमाडौं । नेपालले शुक्रबार युएईविरुद्ध खेल्दै नवौं संस्करणको एसीसी महिला एसिया कप २०२४ को सुरुआत गर्दैछ ।

अन्य प्रतियोगितामा नेपाल र युएईको पटक पटक भेट भए पनि एसिया कपमा भने पहिलो पटक आमने सामने हुदैछन् । नेपाल र युएईबीचको खेल शुक्रबार नेपाली समय अनुसार दिउँसो सवा दुईमा सुरु हुनेछ ।

नेपाली महिला टोली तेस्रो पटक एसिया कपमा सहभागी हुदैछ । नेपालले पहिलो पटक २०१२ मा चीनमा भएको एसिया कपमा सहभागीता जनाएको थियो । दोस्रो पटक भने लगत्तै २०१६ मा थाईल्यान्डमा भएको एसिया कपमा सहभागीता जनाएको थियो ।

युएईको भने एसिया कपमा यो दोस्रो सहभागीता हो । २०२२ मा बंगलादेशमा भएको प्रतियोगिताको अघिल्लो संस्करण्मा युएईले सहभागीता जनाएको थियो ।

नेपाल र युएईबीचमा २०२१ पछि दुई प्रतियोगितामा भेट तय भए पनि बर्षाका कारण खेल हुन सकेको छैन । नेपाल र युएईबीचको पछिल्लो पाँच भेटमा दुई खेल वर्षाका कारण राकिदा दुई खेलमा नेपाल तथा एक खेलमा युएई विजयी भएको छ ।

नेपाली महिला क्रिकेट टोलीले हालसम्म ५५ महिला टी२० आई खेल खेलेकोमा ३८ मा जित, १६ मा हार तथा एक खेल नतिजाबिहिन रुपमा सकाएको छ । त्यस्तै युएईले ८३ खेल खेलेकोमा ५० खेलमा जित, ३० खेलमा हार, एक खेल बराबरी र दुई खेल नतिजाबिहिन रुपमा सकाएको छ





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]