नेपाल विश्वकप छनोटबाट बाहिरियो

आइसीसी उन्नाइस वर्षमुनि (यु-१९) महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ महिला टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।

मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । स्कोरकार्ड 

नेपालकी सृष्टि जैशीले २१ बलमा ७ तथा साना प्रविनले २१ बलमा ६ रन बनाइन् । यस्तै अनु कडायतले ५, अञ्जली विश्वकर्मा, कृतिका मरासिनी र मनिषाकुमारी उपाध्यायले तीन/तीन तथा रञ्जु श्रेष्ठ र स्नेहा महराले एक एक रन बनाए । बलिङतर्फ थाइल्यान्डकी नथिता बुनसुखमले ३ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन ।

यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन । बलिङतर्फ नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई/दुई तथा स्नेहा महराले एक विकेट लिइन् ।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।

विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने टोली यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले बिहीबार अन्तिम खेल आयोजक मलेसियासँग खेल्नेछ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]