२०२० मा नेपालले विश्वकप लिग-२ को खेल नखेल्ने, सर्ने भयो प्रशिक्षण

नेपाली राष्ट्रिय क्रिकेट टिमले भदौ १ देखि सुरु गर्ने भनेको प्रशिक्षण सुरु नहुने भएको छ।

नेपाल क्रिकेट संघले ( क्यान )  त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाडीहरुलाई आवासीय व्यवस्था मिलाउदै आईसीसीको निर्देशन अनुसार प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले आगामी वर्ष २०२१ जनवरी भन्दा अघि नेपालको खेल तालिका नभएको बताएपछि क्यानले उक्त निर्णय लिएको हो। क्यानले असोज १ बाट मात्र प्रशिक्षण थाल्ने बताईएको छ।

आईसीसीले २ साता अघि क्यानलाई सेप्टेम्बर २० देखि नामिबियामा त्रिकोणात्मक सिरिज खेल्ने प्रस्ताव गरेको थियो जसलाई ध्यानमा राख्दै क्यानले प्रशिक्षण सुरु गर्ने योजना बनाएको थियो।

नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो। कोभीड-१९ महामारीका कारण त्यसपछि नेपालले विश्वकप लिग-२ अन्तर्गत जुलाईमा स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक सिरिज तथा अप्रिलमा नामिबियामा तथा जुनमा पपुवा न्यु गिनीसंग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भैसकेको छ।

नेपालले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

पुरानो तालिका अनुसार विश्वकप लिग-२ अन्तर्गत नेपालले २०२१ जनवरीमा ओमानमा ( ओमान, नेपाल र अमेरिका )  तथा फेब्रुवरीमा नेपालमा ( युएई, पपुवा न्यु गिनी र नेपाल )  अर्को त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ। आईसीसीले स्थगित भएका खेलहरु समावेश गरे नयाँ तालिका सार्वजनिक गर्नेछ।

विश्वकप लिग-२ मा नेपालको पूर्व निर्धारित खेल तालिका 

२०२१ जनवरी : ओमान, अमेरिका र नेपाल ( आयोजक – ओमान )

२०२१ फेब्रुअरी : नेपाल, युएई र पपुवा न्यु गिनी ( आयोजक – नेपाल )

२०२१ अगस्ट : अमेरिका, नेपाल र ओमान ( आयोजक – अमेरिका )

२०२१ नोभेम्बर : नेपाल, नामिबिया र स्कटल्याण्ड ( आयोजक – नेपाल )

२०२२ जनवरी : युएई, पपुवा न्यु गिनी र नेपाल ( आयोजक – युएई )

विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ । लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ ।

नेपाल चार अङ्क बटुल्दै छैठौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो।

विश्वकप लिग-२ को अंकतालिका 

 

 

 

 

 

 

 

लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

धेरैले पढेको :- 

https://wicketnepal.com/nasser-hussain-kohli-azam-wn20/

https://wicketnepal.com/vivo-ipl-title-sponsorship-200-cr-wn20/





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]