टस जित्दै नेपालले दियो चिनलाई ब्याटिंगको निम्तो

  • विकेटनेपाल, २४ असोज 

आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पाँचौं खेलमा चिनको सामना गर्दैछ।

चिनको पुरुष क्रिकेट टिमसंग इतिहासमै नेपालले खेल्न लागेको यो पहिलो पटक हो।

यसअघि आफुले खेलेका चार खेलमा नेपालले म्यान्मार, मलेसिया, भुटान र थाइल्याण्डलाई हराउंदै ४ जित दर्ता गरेको छ। ८ अंक र ७.२५ को उत्कृस्ट रन रेट सहित नेपाल अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। नेपाल र सिंगापुर २ खेल खेल्न बाँकी रहदै टि-२० बिश्वकप एसिया छनौट खेल्न छनौट भइसकेको छ।

खेलमा नेपालले टस जितेर चिनलाई ब्याटिंग गर्ने निम्तो दिएको छ।

नेपालको अन्तिम ११ – प्रदिप ऐरि, बिनोद भण्डारी, अनिल साह, आरिफ शेख, दिपेन्द्र ऐरि, ललित भण्डारी, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, ललित राजबंशी, शरद भेसावकर  

प्रतियोगितामा सबैभन्दा कमजोर सबित बनेको टोलि चिनले ४ खेल खेल्दा ४ वटै खेलमा हारको सामना गरेको छ। अंकबिहिन चिन अंकतालिकामा सबैभन्दा पुछारमा रहेको छ। चिनलाई थाइल्याण्डले १० विकेटले, भुटानले ९ विकेटले, सिंगापुरले १० विकेटले तथा म्यान्मारले ८ विकेटले पराजित गरेको छ। नेपालसंगको खेलमा चिनको उद्देश्य जित भन्दा सम्मानजनक खेल प्रदर्शन गर्नुहुनेछ।

प्रतियोगितामा चिनले म्यानमारसंग ४८, भुटानसंग ४५, सिंगापुरसंग २६, थाईल्याण्डसंग ३५ रन बनाएको थियो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]