मलेसिया बिरुद्ध नेपाल जित्दा बने ५ ठुलो रेकर्ड, सोमपालले उछिने बसन्तलाई, ज्ञानेन्द्रको छिटो अर्धशतक

नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै सिंगापुरमा जारि टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। वर्षाको कारण ढिला सुरु भएको र ९ ओभरमा घटाइएको खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको मलेसियाले ७ विकेट गुमाएर ८३ रन बनएको थियो। ८४ रनको लक्ष्य नेपालले १ ओभर बाँकी रहंदा ३ विकेट मात्र गुमाएर पुरा गर्यो।

नेपालले जित हात पार्दा बनेका रेकर्डहरु – 

१. धेरै विकेट अन्तरको जित 

७ विकेटको जित नेपालले टि-२० अन्तर्राष्ट्रियमा हाँसिल गरेको संयुक्तरुपमा सबैभन्दा ठुलो विकेट अन्तरको जित हो। नेपालले ७ विकेटलेनै मलेसियालाई यसै महिना टि-२० सिरिजमा पराजित गरेको थियो। यस पछि नेपालको ठुलो विकेट अन्तरको जित युएईसंग हो। यसरी वर्ष फेब्रुवरीमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

यस्तै यो नेपालले रन पछ्याउने क्रममा दोश्रो छिटो जित हो। मलेसियासंग यसै महिना टि-२० सिरिजको पहिलो खेलमा नेपालले ९ बल बाँकि हुँदा जितेको थियो भने आज ६ बल बाँकी हुँदा जित हाँसिल भएको थियो।

Nepal Cricket Team

२. एकै देश बिरुद्ध धेरै जित 

टि-२० अन्तर्राष्ट्रियमा आजसंगै मलेसिया नेपालसंग कुल ३ पटक पराजित भएको छ। यसै प्रतियोगिता अघि टि-२० सिरिजमा २ पटक मलेसिया हारेको थियो। एकै देश बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा नेपालको यो सर्वाधिक जित हो। नेपालले युएईलाई दोश्रो धेरै २ पटक पराजित गरेको छ।

नेपालले हालसम्म १९ वटा टि-२० अन्तर्रष्ट्रिय खेलेको छ। यस क्रममा अफगानिस्तान, हंगकंग, नेदरल्याण्डलाई १/१ पटक पराजित गरेको छ भने मलेसियालाई ३ पटक र युएईलाई २ पटक पराजित गरेको छ। कुल १९ खेलमा नेपालले ८ खेल जित्दा १० खेलमा पराजय बेहोरेको छ भने १ खेल नतिजाविहिन रहेको छ। सन् २०१४ को टि-२० विश्वकपमा हंगकंगसंग खेल्दै नेपालले टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेको थियो।

नेपालले सबैभन्दा धेरै टि-२० अन्तर्राष्ट्रिय नेदरल्याण्डसंग खेलेको छ। ५ खेल खेल्दा नेपालले नेदरल्याण्डसंग १ खेलमा जित हात पार्दा ३ खेलमा पराजित भएको छ भने १ खेल नतिजाविहिन रहेको थियो। यस्ती हंगकंग र युएईसंग समान ३/३ खेल खेलेको छ।

३. सोमपालले तोडे बसन्तको रेकर्ड 

मलेसियासंग आज ३ विकेट लिएसंगै सोमपाल कामि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि सर्वाधिक विकेट लिने बलर बनेका छन्। १९ खेल खेलेका सोमपालको २३ विकेट पुगेको छ भने बसन्त रेग्मीको १६ खेलमा २२ विकेट रहेको छ। बसन्त रेग्मीले आज २ विकेट लिए।

Basnat Regmi , Sompal Kami

सोमपालले आज २ ओभर बलिंग गर्दै २३ रन खर्चेर ३ विकेट लिएका थिए। यो टि-२० अन्तर्राष्ट्रियमा सोमपालको उत्कृस्ट बलिंग स्पेल हो। यस अघि सोमपालले हंगकंगसंग २०१४ टि-२० विश्वकपमा ३ ओभरमा १३ रन दिएर २ विकेट लिएका थिए जुन उत्कृस्ट रहेको थियो। नेपालको लागि टि-२० अ. मा एकै खेलमा ४ विकेट बसन्त रेग्मीले मात्रै लिन सकेका छन् जुन उनले २०१५ मा हंगकंगसंग लिएका थिए।

सोमपाल र बसन्त दुवैले सन् २०१४ टि-२० विश्वकपमा हंगकंग बिरुद्ध टि-२० अ. मा डेब्यु गरेका थिए। धेरै विकेट लिने सुचीमा तेश्रो स्थानमा रहेका करन केसीको १३ खेलमा १५ विकेट रहेको छ भने सन्दिप लामिछानेको ८ खेलमा १३ विकेट रहेको छ।

४. ठुलो ओपनिंग साझेदारी 

पारस खड्का ढाडको समस्याको कारण दोश्रो खेल पनि खेल्न नसके पछि ज्ञानेन्द्र मल्लसंग ओपनिंग गर्न प्रदिप ऐरी आएका थिए। ऐरी र मल्लले पहिलो विकेटको लागि ५.२ ओभरमा ६६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा यो नै सबैभन्दा ठुलो ओपनिंग साझेदारी हो। यस अघि ज्ञानेन्द्र मल्ल र पारस खड्काले जारि प्रतियोगिताकै कतारसंगको खेलमा ४९ रनको साझेदारी गरेका थिए जुन रेकर्ड १ खेलमै तोडिएको हो। पारस र ज्ञानेन्द्रले सन् २०१४ मा सुबास खकुरेल र सागर पुनले हंगकंगसंग गरेको ३६ रनको साझेदारी कतारसंग तोडेका थिए।

५. छिटो अर्धशतक

मलेसिया बिरुद्ध २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक पुरा गरेका मल्लले छिटो अर्धशतकको रेकर्ड पनि तोडेका छन्। २० बलमा अर्धशतक पुरा गरेका मल्ल नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। प्रतियोगिता अघि मलेसियासंगको सिरिजमा बिनोद भण्डारीले ५१ रन बनाउने क्रममा २५ बलमा अर्धशतक बनाएका थिए। सो रेकर्ड २ खेल पछिनै मल्लले तोडेका हुन्।

नेपालको लागि छिटो अर्धशतक –  ज्ञानेन्द्र मल्ल – २० बल,  बिनोद भण्डारी – २५ बल ( बिरुद्ध मलेसिया २०१९ ) , पारस खड्का – ३२ बल ( बिरुद्ध मलेसिया २०१९ ) पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ ) , सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ ) , सुबास खकुरेल – ४८ बल ( बिरुद्ध अफगानिस्तान २०१४ )

Gyanendra Malla
Gyanendra Malla

टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने नेपाली ब्याट्सम्यानहरु :- 

सुबास खकुरेल – ५६ , बिरुद्ध अफगानिस्तान ( २०१४ टि-२० विश्वकप )
पारस खड्का – ५४ रन , बिरुद्ध नेदरल्याण्ड ( २०१५ )
सन्दिप जोरा – ५३ रन , बिरुद्ध युएई ( २०१९ )
पारस खड्का – ८६* रन , बिरुद्ध मलेसिया ( २०१९ )
बिनोद भण्डारी – ५१* रन , बिरुद्ध मलेसिया ( २०१९ )
ज्ञानेन्द्र मल्ल – ५१ रन , बिरुद्ध मलेसिया ( २०१९ )

ज्ञानेन्द्रले टि-२० अन्तर्राष्ट्रियमा १९ खेल खेल्दै १८ इनिंगमा ब्याटिंग गर्ने क्रममा कुल २७६ रन बनाएका छन्। ४२७ रन बनाएका पारस पछि मल्ल टि-२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने ब्याट्सम्यान हुन्। २६५ रन बनाएका शरद तेश्रो धेरै रन बनाउने ब्याट्सम्यान हुन्।

( रेकर्ड श्रोत – इएसपीएनक्रिकइन्फो )





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]