महिला टि-२० विश्वकप एसिया छनोट : प्रारम्भिक टिमको घोषणा

अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने आईसीसी महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले २४ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ।

११ टिम सहभागी हुने प्रतियोगिताबाट शिर्ष-२ टिमले ग्लोबल छनोट खेल्न पाउनेछन्।

सहभागी टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको छ जसअन्तर्गत नेपाल रहेको समुह ‘ए’ मा बहराइन, भुटान, मलेसिया, नेपाल, कतार र युएई छन्। समुह ‘बि’ मा चिन, हंगकंग, कुवेत, म्यानमार र थाइल्याण्ड छन्।

समुह चरणमा सबै टिमले एक-अर्कासंग १/१ खेल खेलेपछि दुवै समुहको शिर्ष-२ टिम सेमीफाइनल पुग्नेछन्। फाइनल पुग्ने २ टिम ग्लोबल छनोट पुग्नेछन्।

घोषित नेपाली टिम : रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी बिस्ट, ज्योति पाण्डे, सरस्वति चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दर, खुसि डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, श्रिस्टि जैसी, स्नेहा महरा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy