महिला टि-२० विश्वकप एसिया छनोट : प्रारम्भिक टिमको घोषणा

nepal women's cricket team

अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने आईसीसी महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले २४ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ।

११ टिम सहभागी हुने प्रतियोगिताबाट शिर्ष-२ टिमले ग्लोबल छनोट खेल्न पाउनेछन्।

सहभागी टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको छ जसअन्तर्गत नेपाल रहेको समुह ‘ए’ मा बहराइन, भुटान, मलेसिया, नेपाल, कतार र युएई छन्। समुह ‘बि’ मा चिन, हंगकंग, कुवेत, म्यानमार र थाइल्याण्ड छन्।

समुह चरणमा सबै टिमले एक-अर्कासंग १/१ खेल खेलेपछि दुवै समुहको शिर्ष-२ टिम सेमीफाइनल पुग्नेछन्। फाइनल पुग्ने २ टिम ग्लोबल छनोट पुग्नेछन्।

घोषित नेपाली टिम : रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी बिस्ट, ज्योति पाण्डे, सरस्वति चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दर, खुसि डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, श्रिस्टि जैसी, स्नेहा महरा





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]