तथ्याकंमा नेपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले सन् २०१४ पछि दश वर्षको अन्तरालमा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपमा सहभागीता जनाउदै समूह चरणबाट नै आफ्नो यात्रा समाप्त गरेको छ ।

पहिलो पटक विश्वकपको इतिहासमा २० राष्ट्रको सहभागीता रहेको यस विश्वकपमा नेपाल समूह डीमा रहेको थियो । समूह डीमा नेपालको अलावा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका थिए । नेपालले कुनै खेलमा पनि विजयी हुन नसकि विश्वकपको यात्रा समाप्त गरेको छ । चार मध्ये एक खेल वर्षाका कारण खेल्न नसकेको नेपालले बाँकी तीन खेलमा कुनै अंक जोड्न सकेन ।

यो विश्वकपमा नेपाली टिम तथा केही नेपाली क्रिकेटर प्रदर्शन यस्तो रह्यो

१. टिमको उच्च योगफल

नेपालले दक्षिण अफ्रिकाविरुद्ध ७ विकेट गुमाएर बनाएको १ सय १४ रन नै यस विश्वकपको उच्च योगफल हो । आसिफ शेखको ४२ रनको सहयोगमा नेपालले १ सय १४ रन बनाएको थियो । दक्षिण अफ्रिकाविरुद्धको खेल नेपालले एक रनले गुमाएको थियो । नेदरल्यान्ड्ससँगको पहिलो खेलमा १ सय ६ रन नेपालले बनाएको दोस्रो ठूलो योगफल हो । भने, बंगलादेशविरुद्ध नेपालले अल आउट हुदै ८५ रन बनाएको थियो ।

२. व्यक्तिगत उच्च रन

नेपालका ब्याटरलाई यस विश्वकपमा रन जोड्न एकदमै समस्या देखिएको थियो । नेपालका लागि यस प्रतियोगितामा सर्वाधिक रनकर्ताको सुचीमा पहिलो स्थान आसिफ शेख रहेका छन् । ओपनर ब्याटरका रुपमा खेलेका शेखले प्रतियोगिता भर ३ इनिङमा ६३ रन बनाउन सफल भए । आसिफले दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४२ रन नै उच्च योगफल हो । यस सूचीको दोस्रो स्थानमा अनिल शाह रहेका छन् । त्यस्तै तेस्रो स्थानमा कुशल मल्ल रहेका छन् ।

३. सर्वाधिक विकेट

यस प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक धेरै विकेट दीपेन्द्रसिंह ऐरीको नाममा रहेको थियो । उनले प्रतियोगितामा तीन खेल खेल्दै ६ विकेट लिएका थिए । दीपेन्द्रले ५ दशमलब २५ को ईकोनोमीमा रन खर्चिएका थिए । सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा चार विकेटका साथ कुशल भुर्तेल रहँदा तेस्रो स्थानमा तीन विकेट लिएका सोमपाल कामी रहेका छन् ।

४. सर्वाधिक छक्का

karan kc

अलराउन्डर करण केसीले दुई इनिङमा दुई छक्का प्रहार गर्दै शीर्ष स्थानमा रहेका छन् । यस प्रतियोगितामा नेपालले नौ छक्का प्रहार गरेको थियो ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]