कस्तो छ बिगतमा क्यानडासंग नेपालको प्रदर्शन

  • विकेटनेपाल, फाल्गुन-१ – मंगलबार

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत महत्वपूर्ण खेलमा केन्यालाई पराजित गरेपछि कुल ४ खेलमा नेपालले ३ जित र १ हार बेहोरेको छ। ६ अंक सहित अंकतालिकामा दोश्रो स्थानमा रहे पनि मार्चमा जिम्बाबेमा खेलिने २०१९ बिश्वकप छनौट प्रतियोगितामा नेपाल छनौट हुन भने बाँकी नतिजाहरुमै भर पर्नुपर्नेछ। नेपालले लिगको अन्तिम खेलमा बुधबार क्यानडाको सामना गर्दैछ जुन खेल जिते नेपाल बिश्वकप छनौट खेल्न छनौट हुनेछ।नेपाल हारेको खण्डमा भने अन्य टिमहरुले हात पार्ने नतिजामा भर पर्नुपर्ने हुन्छ। यहाँ पढ्नुस  

२०११ मा अन्तिम पटक एकदिवसीय बिश्वकप खेलेको क्यानडाले त्यस अघि पनि ३ पटक ( १९७९, २००३, २००७ ) मा एकदिवसीय बिश्वकप खेलेको टिम हो। त्यसपछि भने प्रदर्शन खस्कने क्रममा रहंदा क्यानडा डिभिजन-३ को उपविजेताको रुपमा डिभिजन-२ मा उक्लेको हो। सन् २०१५ को डिभिजन-२ मा खराब प्रदर्शन गर्दै छैठौं स्थानमा रही डिभिजन-३ मा रेलिगेट भएपछि पुनः डिभिजन-२ मा उक्लेको क्यानडाले जारि प्रतियोगितामा ४ खेल मध्ये ३ खेलमा जित हांसील गरिसकेको छ। 

nepal vs canada
Nepal vs Canada

महत्वपूर्ण खेलमा क्यानडासंग प्रतिस्पर्धा गर्नु अघि नेपालले बिगतमा क्यानडासंग खेलेको खेलको नतिजा कस्तो थियो यो लेखमा प्रस्तुत गर्दैछौं ।इतिहास नेपाल र क्यानडाको एकदिवसीय खेलमा मात्र २ पटक भेट भएको छ जुन यस प्रकार रहेको छ-  

डिभिजन-२ २०१५ , नामिबिया 

नामिबियामै २०१५ मा सम्पन्न आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ नेपालले तेश्रो खेलमा क्यानडाको सामना गरेको थियो। क्यानडासंग खेल्नु अघि प्रतियोगितामा नेपाल पहिलो खेलमा युगान्डासंग पराजित भएको थियो भने दोश्रो खेलमा नेदरल्याण्डलाई २ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

Karan KC
Karan KC

वाण्डरर्स क्रिकेट मैदान, विन्ढोकमा भएको खेलमा टस जितेर क्यानडाले पहिले ब्याटिंग रोजेको थियो। करन केसी एक्लैले ५ विकेट हात पारेपछि पुरै क्यानडा टिम ११४ रनमै अलआउट हुन पुग्यो। करन लिस्ट ‘ए’ क्रिकेटमा पहिलो पटक ५ विकेट लिने खेलाडी बन्दा १० ओभरमा २ मेडन ओभर सहित २६ रन खर्चेका थिए। सोमपाल कामिले २ तथा पारस खड्का, शक्ति गौचन र सागर पुनले १/१ विकेट लिए। क्यानडाको लागि सत्सिम रंजित ढिंडसाको २५ तथा जिम्मी हन्स्राको २२ नै सर्बाधिक योगदान रह्यो।

११५ रनको लक्ष पछ्याएको नेपालले ओपनर नरेश बुढायर ( ० ) र सुबास खकुरेल ( ० ) लाई कुनै रन नजोड्दै गुमाउन पुग्यो। त्यसपछि पारस खड्का र ज्ञानेन्द्र मल्लले तेश्रो विकेटको लागि ११४ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए। पारस ७७ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्लले अविजित ३२ रन बनाए। ७८ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका पारस खड्का म्यान अफ द म्याच चुनिएका थिए।

paras khadka
Man of the match Paras Khadka

आईसीसी बिश्वकप छनौट २०१४, न्युजिल्याण्ड

२०१५ एकदिवसीय बिश्वकपको छनौट प्रतियोगिता खेल्नेक्रममा न्युजिल्याण्डमा आफ्नो चौथो खेलमा क्यानडासंग प्रतिस्पर्धा गर्ने क्रममा टस जितेको क्यानडाले पहिले ब्याटिंग गरेको थियो। राजा उर् रहमानले सर्बाधिक ८९ रन तथा नितिश कुमारले ६७ रन बनाउदा क्यानडाले निर्धारित ४१ ओभरमा २५५/९ को योगफल तयार गर्यो। सोमपाल कामिले ३ विकेट ( ८-०-६४-३ ) , बसन्त रेग्मीले २ विकेट ( ३-०-२५-० ) हात पारे।

 (Photo by Martin Hunter-IDI/IDI via Getty Images)

२५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको लागि ज्ञानेन्द्र मल्लले ८६ रनको ( ९७ बल, ९ चौका ) पारि खेल्दै नेपाललाई जिततर्फ डोर्याउन प्रयास गरेता पनि अन्य ब्याट्सम्यानहरुले भने उनलाई साथ नदिंदा नेपालले १२ रनको हार बेहोर्न पर्यो। प्रदिप ऐरी २६ तथा बसन्त रेग्मीले अविजित २५ रन बनाए भने शरद भेसावकर र बिनोद भण्डारीले समान १७ रन योगदान दिए। क्यानडाका बलर खुर्रम चौहानले ४ विकेट ( ९-१-५९-४ ) हात पारे।

धेरैले पढेको – 

 





थप समाचार

हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द, नेपाल सुपर थ्रीमा

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल […]

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]