नेपाल यु-१९ भारत भ्रमण : रोमान्चक खेलमा नेपाल १ विकेटले विजयी

  • विकेटनेपाल, चैत ११ – सोमबार 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत अभ्यास भ्रमणमा रहेको नेपाली यु-१९ क्रिकेट टिमले आफ्नो तेश्रो अभ्यास खेलमा आन्ध्रा स्टेट यु-१९ क्रिकेट टिमलाई १ विकेटको रोमान्चक अन्तरले पराजित गरेको छ।

भारत अभ्यास भ्रमण अन्तर्गत नेपाली युवा टिमले पहिलो खेलमा ६२ रनले आन्द्रा यु-१९ टिम बिरुद्ध जित दर्ता गरेको थियो भने दोश्रो खेलमा आन्ध्रा टिमसंग ७२ रनको हार बेहोरेको थियो।

खेलमा पहिले ब्याटिंग गर्दै आन्ध्रा यु-१९ ले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२७ रन बनाउदै नेपाललाई २२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा नेपालले १ विकेट बाँकी रहंदा ४७.३ ओभरमा लक्ष्य भेट्यो।

Rohit Paudel

एक समय नेपालले सजिलै लक्ष्य पछ्याउन सक्ने परिस्थिति बनेको थियो जुन बेला नेपालले ७ विकेट गुमाएर २१६ रन बनाईसकेको थियो। त्यो अवस्थामा नेपालले ४६ औं ओभरमा १९ रन बनाएका सन्दिप जोरा र ३ रन बनाएका रासिद खानको विकेट गुमाउन पुग्दा खेल रोमान्चक स्थितिमा पुगेको थियो।

त्यसपछि ब्याटिंग गर्न आएका कमल सिंह ऐरी र सागर ढकालले कुनै चुक गरेनन् र बाँकी १ विकेट जोगाउदै टिमलाई ४७.३ ओभरमा लक्ष्य सम्म पुर्याए।

कमलले अविजित ८ रन बनाउन ९ बलमा १ चौका प्रहार गरे भने सागर ३ बल खेल्दा खाता नखोली अविजित रहे। नेपालले अतिरिक्त रनको रुपमा १८ रन पायो।

रोहित पौडेलको उत्कृस्ट इनिंग 

यस अघि लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेको थिएन। पहिलो ४ विकेट ७३ रनको योगफलमा नेपालले गुमाउन पुग्यो।

ओपनर रित गौतम पहिलो ओभरमा खाता नखोल्दै आउट भए भने त्यसपछि आसिफ शेख १२ रन बनाएर आउट भए। पवन सर्राफ ३० रन तथा हरि चौहान ७ रन बनाएर आउट हुँदा नेपाल समस्यामा परेको थियो।

७३/४ को अवस्थाबाट कप्तान रोहित पौडेल र भिम शार्कीले उत्कृस्ट साझेदारी गर्दै नेपाललाई जितको आधार तयार गरेका थिए।

पाँचौ विकेटको लागि १०१ रनको साझेदारी गरेपछि रोहित पौडेल ७१ रनको व्यक्तिगत योगफल बनाएर आउट भएका थिए। रोहितले ६५ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

रोहितको विकेट पछि भिम शार्की पनि अर्धशतक बनाउन १ रनले चुक्दै आउट हुन पुगे। भिमले ८२ बलमा ३ चौका प्रहार गरे।

कुशल मल्ल र सन्दिप जोराले त्यसपछि सातौँ विकेटको रुपमा २५ रन जोड्दै नेपालको योगफल लक्ष्य नजिक पुर्याएका थिए। सन्दिप १९ रन तथा कुशल १३ रन बनाएर आउट भए भने रासिद खान ३ रन बनाएर आउट भए।

४६ ओभरमा २२३/९ को अवस्थाबाट कमल ऐरी र सागर ढकालले नेपाललाई जितसम्म पुर्याए। स्कोरकार्ड

आन्ध्राका बलर कामील एक्लैले ५ विकेट ( १०-०-३६-५ ) लिंदै नेपाललाई मुस्किल बनाएका थिए।

कमल र पवनको उत्कृस्ट बलिंग  

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको आन्द्रा यु-१९ टिमले ४९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२७ रनको योगफल तयार गरेको थियो ।

आन्द्रालाई २२७ मा सिमित गर्न तिब्र गति ओपनिंग बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिने क्रममा ९.१ ओभरमा ४७ रन खर्चिएका थिए। अफ स्पिनर पवन सर्राफले ३ महत्वपूर्ण विकेट लिंदा १० ओभरमा मात्र ३८ रन खर्चिए। प्रतिस जिसी ( ६-१-१९-१ ) , रासिद खान ( १०-०-४४-१ ) , सागर ढकाल ( ७-०-४१-१ ) ले समान १/१ विकेट लिए ।

Kamal Airee

आन्द्राको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका बि योगेन्द्रले सर्वाधिक ५९ रन ( ६९ बल ) बनाए भने ओपनर नितेश कुमारले ५१ रन ( ५९ बलमा ६ चौका र १ छक्का ) बनाए। पी सुब्रमन्यमले ४५ तथा राम प्रसादले २६ रन बनाए।

२००/५ को अवस्थामा रहेको बेला कमल सिंह ऐरीले अन्तिममा लगातार विकेट लिंदा २७ रन जोड्दा बाँकी ५ विकेट आन्द्राले गुमाएको थियो।





थप समाचार

डीएभीलाई स्कुल क्रिकेटको उपाधि

प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम […]

यु–१९ महिला विश्वकप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का […]

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]

मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई […]

सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट […]

क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो। […]