सन्दिप र तृतले राम्रो ब्याटिंग गर्दा नेपालले बनायो १५६

  • विकेटनेपाल, भदौ २९ 

भारतको लखनउमा जारि चौकोणीय यु-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा भारत यु-१९ ‘ए’ संग प्रतिस्पर्धा गरिरहेको छ।

लखनउको एकाना स्टेडियममा जारि खेलको पहिलो इनिंग सकिदा नेपालले टस जितेर ब्याटिंग गर्दै ४५.५ ओभरमा १५६ रन बनाएको छ।

खराब सुरुवात गरेको नेपालले पहिलो ३ विकेट २३ रनको स्कोरमा ८.१ ओभरमा गुमाएको थियो। ओपनर रभी शाह ५  रनमा आउट भए भने रित गौतम र आसिफ शेखले खाता खोल्न सकेनन्।

चौथो विकेटको लागि ओपनर तृत राज दास र सन्दिप जोराले ६९ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थितितर्फ डोर्याए। तृत २९ औं ओभरमा ४६ रन बनाएर आउट भए जस अघि उनले ८६ बलमा ७ चौका प्रहार गरे।

Sandeep Jora
Sundeep Jora

त्यसपछि ब्याटिंग गर्न आएका भिम शार्की र सन्दिप जोराले पाँचौ विकेटको लागि ४९ रनको साझेदारी गरे र नेपालको स्कोर १५० नजिक पुर्याए। जोरा ४१ औं ओभरमा ६६ रन बनाएर आउट भए जुन क्रममा १ छक्का र ५ चौका प्रहार गरे। त्यसलगत्तै भिम शार्की पनि २८ रन बनाएर आउट हुँदा नेपालको तल्लो क्रम  धरासायी भयो।

४५.५ ओभरमा नेपालले १५६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। भारतीय बलर वाईडी मंगवानी र अजय गौडले समान ४/४ विकेट हात पारे।

नेपालले यस अघि पहिलो खेलमा भारत यु-१९ बि टिमसंग ४० रनको पराजय बेहोरेको थियो।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]