आईसीसी एकदिवसीय बिश्वकप छनौट अन्तर्गत आफ्नो चौथो खेलमा अफगानिस्तानको सामना गरेको नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै १९४ रन बनाएको छ।
दिलिप नाथको सट्टा ओपनिंग ब्याटिंग गरेका अनिल साह ७ रनमा आउट भएपछि ज्ञानेन्द मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अनिललाई मुजिब उर् रहमानले आउट गरेका थिए।
१३/१ को अवस्थाबाट नेपालले १०५ रनको योगफलमा ज्ञानेन्द्र मल्ललाई दोश्रो विकेटको रुपमा गुमाउन पुग्यो। मल्ल २३ रन ९ ६९ बल, २ चौका ) रासिद खानको बलमा एलबिडब्लु धरापमा परे। मल्लको विकेट लगत्तै पारस खड्का पनि आउट भए। १० चौका र १ छक्का मदतले ७५ रनको इनिंग खेलेका पारसलाई मोहम्मद नाबीले लंग अन बाउन्ड्रीमा क्याच आउट गराएका थिए।
पारसको प्रतियोगितामा यो दोश्रो अर्धशतक हो र लिस्ट ‘ए’ क्रिकेटमा आठौँ अर्धशतक पनि हो।
पारसको विकेट पछि पाँचौ नम्बरमा ब्याटिंग गरेका रोहित पौडेल मात्र १ रन ( १३ बल ) बनाएर आउट भए। पाँचौ विकेटको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले २६ रनको साझेदारी गरेपछि दिपेन्द्र ३२ रन ( ४१ बल, ३ चौका र १ छक्का ) आउट हुनपुगे। दिपेन्द्रलाई पछ्याउदै आरिफ पनि नाबीको शिकार हुन पुगे जसले २३ रनको योगदान दिए।
सोमपाल कामि पनि ९ रनमा नाबीको शिकार भए जसपछि शरद भेसावकर घाइते हुँदा प्रतियोगितामा पहिलो पटक मौका पाएका करन केसी पनि १ छक्का प्रहार गर्दै ६ रन बनाएर शापुर जद्रानको बलमा आउट हुन पुगेका थिए। सन्दिप लामिछाने र ललित राजबंशी खाता नखोली आउट हुँदा बसन्त रेग्मी ९ रनमा अविजित रहे।
४९.५ ओभर ब्याटिंग गरेको नेपालले १९४ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
अफगानिस्तानको लागि उत्कृस्ट बलिंग गरेका अफ स्पिनर मोहम्मद नाबीले ४ विकेट लिए जुन क्रममा १० ओभरमा मात्र ३३ रन खर्चिए। रासिद खानले ३ विकेट ( ९.५-१-४५-३ ) तथा शापुर जद्रानले २ विकेट ( ८-१-३२-२ ) हात पारे। मुजिब उर् रहमानले किफायती बलिंग गर्दै १ विकेट हात पार्न १० ओभरमा मात्र २४ रन खर्चिए।
महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा हुनेछ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाएको ब्यबस्थापक रमन शिवाकोटीले बताएका छन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।
नेपालको अन्तिम ११
Gyanendra Malla , Anil Sah ( WicketKeeper ) , Paras Khadka ( Captain ) , Dipendra Singh Airee , Aarif Sheikh , Rohit Kumar , Sompal Kami , Basant Regmi , Karan KC , Sandeep Lamichhane , Lalit Rajbanshi
अफगानिस्तान अन्तिम ११
Afsar Zazai ( Wicket Keeper ) , Rahmat Shah , Mohammad Nabi , Rashid Khan ( Captain ) , Gulbadin Naib , Sharafuddin Ashraf , Mujeeb Ur Rahman , Najibullah Zadran , Shapoor Zadran , Samiullah Shenwari , Javed Ahmadi
प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। छनौट प्रतियोगिता सुरुहुनु अघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट रास्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।
सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गर्दै साख मात्रै हैन सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।
खेलको फोटोहरु

