वुमेन्स टि-२० स्म्यास : नेपालको पहिलो खेल चिनसंग ( खेल तालिका सहित )

Nepal womens cricket team
  • विकेटनेपाल, पुष २७ – शुक्रबार 

थाईल्याण्डमा यही जनवरी १२ तारिक ( पुष २८ गते ) देखि थाईल्याण्डमा आयोजना हुने वुमेन्स टि-२० स्म्यास २०१९ प्रतियोगिताको लागि नेपाली टिम आज दिउसो १:३० वजे थाईल्याण्ड प्रस्थान गर्दैछ।

गत वर्ष मङ्सिरमा आईसीसी महिला टि-२० बिश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता खेलेको नेपाली टिमले त्यसको १ वर्ष पछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।

प्रतियोगिताको लागि महिला टिमले डिसेम्बर १९ देखि टियु मैदानमा अभ्यास गरेको थियो। टिमको प्रशिक्षण यो पटक यु-१९ राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका बिनोद दासले गरेका थिए जो टिमसंग थाईल्याण्ड पनि जानेछन्।

टि-२० स्म्यास खेल्न १४ सदस्यीय महिला टिम जाँदैछ जसको घोषणा बुधबार गरिएको थियो। टिमको कप्तानी रुबिना क्षेत्रीले गर्नेछिन्। यो पटक महिला राष्ट्रिय टिममा आरति बिडारी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल जस्ता क्रिकेटरहरुले पहिलो पटक स्थान बनाएका छन्।

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उप कप्तान ) , करुना भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति विडारि, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल  अतिरिक्त खेलाडी – रितु कनौजिया, ,सुमन बिस्ट, सबनम राई , सपोर्ट स्टाफ – बिनोद दास ( प्रशिक्षक )  अमृता पौडेल ( व्यवस्थापक ) , सकुना दानी ( फिजीयो )

नेपालको खेल तालिका र समुह :- 

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, युएई, चिन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिको सहभागिता रहनेछ। सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिएको छ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच १/१ खेल खेलीसकेपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले जनवरी १२ तारिकमा चिनको सामना गर्नेछ भने १३ तारिकमा मलेसियाको, १४ तारिकमा युएईको १६ तारिकमा थाईल्याण्ड ए टिमको सामना गर्नेछ।

समुह ए : नेपाल, युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ , समुह ‘बि’ : थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार

जनवरी १२ – नेपाल Vs चिन – ८:१५ बजे बिहान ( नेपाली समय )
जनवरी १३ – नेपाल Vs मलेसिया – ८:१५ बजे बिहान ( नेपाली समय )
जनवरी १४ – नेपाल Vs युएई – १२:१५ बजे दिउसो ( नेपाली समय )
जनवरी १६ – नेपाल Vs थाईल्याण्ड ‘ए’ – ८:१५ बजे बिहान ( नेपाली समय )

बिश्वकप छनौट एसिया खेल्दै नेपाली महिला टिम 

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९ मा सहभागिता जनाए पछि नेपाली महिला टिमले फेब्रुवरी १८ देखि २७ तारिकसम्म ( फाल्गुन ५- १५ गते ) थाईल्याण्डमानै आयोजना हुने आईसीसी महिला विश्व कप छनौट एसिया प्रतियोगिता खेल्नेछ।

महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्। राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) खेल्न छनौट हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]