नेपालको पहिलो खेल भारत यु-१९ ( बि ) संग ( भारत एकदिवसीय सिरिज )

Nepal U19 Cricket Team
  • विकेटनेपाल,भदौ २६ 

भारतीय क्रिकेट बोर्डको आयोजनामा चौकोणीय सिरिज खेल्न भारतको लखनउ पुगेको नेपाली अन्डर-१९ टिमले आफ्नो पहिलो खेलमा बुधबार भारतीय यु-१९ क्रिकेट टिम ( बि ) संग पहिलो खेल खेल्नेछ।

भारत यु-१९ ( ए ), भारत यु-१९ ( बि ), अफगानिस्तान यु-१९ र नेपाल गरि सिरिजमा ४ टिम सहभागी छन्।

नेपालले पहिलो खेल एकना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियम ( बि ) मैदानमा खेल्नेछ। बिसीसीआईको अधिकारिक वेबसाइटका अनुसार खेल भारतीय समय ९ बजे बिहान अर्थात् ९:१५ बजे नेपाली समयमा सुरु हुनेछ। पहिलो दिनको दोश्रो खेलमा भारत यु-१९ र अफगानिस्तान यु-१९ टिम खेल्नेछन्।

भारतीय यु-१९ क्रिकेट टिम ( बि ) मा भारतको लागि यु-१९ मा डेब्यु नगरेका खेलाडीहरु रहेका छन्।

भारत यु-१९ ‘बि’ टिम – भेदान्त मुरक ( कप्तान ) , ठाकुर रिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर

सिरिजमा सहभागी हुन नेपाली टिम सोमबार बिहान भारत प्रस्थान गरेको थियो। भारत जानु अघि नेपाली युवा टिमले करिब २ साता प्रशिक्षक बिनोद दासको मुख्य प्रशिक्षणमा अभ्यास गरेको थियो। सिरिजको लागि टिम ट्यालेन्ट हन्ट तथा यस अघि यु-१९ र यु-१६ टिमहरुबाट खेलाडीहरु चुनिएको थियो।

आसिफ शेखको कप्तानी रहेको नेपाली युवा टिममा त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम रहेका छन्। टिमको मुख्य प्रशिक्षक बिनोद दास, सहायक प्रशिक्षक मनोज कटवाल हुन् भने टिमको ब्यबस्थापकको रुपमा शक्ति गौचन र फिजियो बिक्रम न्यौपाने भारत पुगेका छन्।

Bipin Rawal
Bipin Rawal

आसिफ शेख , पवन शर्राफ , किशोर महतो , भिम शार्की ,कमल सिंह ऐरि , राशिद खान , सन्दिप जोरा जस्ता खेलाडीहरुले यस अघि यु-१९ टिमको तथा रभी शाह , त्रित राज दास, रित गौतमले यु-१६ राष्ट्रिय क्रिकेट टिमको यस अघि प्रतिनिधित्व गरिसकेका छन्। बिपिन रावल, लोकेश बम, सागर ढकाल, अरुण ऐरि र मोहम्मद संसाद आलम ट्यालेन्ट हन्टबाट आएका हुन्।

सिरिजमा नेपालको खेल तालिका –

सेप्टेम्बर १२ : नेपाल यु-१९ Vs भारत यु-१९ ( बि )
सेप्टेम्बर १४ – नेपाल यु-१९ Vs भारत यु-१९ ( ए )
सेप्टेम्बर १६ – नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ – फाइनल र प्ले-अफ ( तेश्रो र चौथो )

अन्य टिमहरु : 

भारत यु-१९ ‘ए’ टिम – पभन साह ( कप्तान ) , देवदत्त पडिक्कल, यशस्वी जैसवाल, अनुज रावत, यश राथोड़, आयुष बादोनी, नेहल वधेरा, प्रब सिमरन सिंह, सिदार्थ देसाई, हर्ष त्यागि, अजय देव गौड, यतिन मंग्वानी, समिर चौधरी र राजेश मोहन्ति

भारत यु-१९ ‘बि’ टिम – भेदान्त मुरक ( कप्तान ) , ठाकुर रिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर रहेका छन्।

अफगानिस्तान यु-१९ टिम – सदिकुल्लाह, रियाज हसन, अबिद मोहम्मदी, इयाज, फरहान,बसिर खान,मोहम्मद हसन, अब्दुल्लाह, मोहम्मद इशक, अब्दुल रहमान, उस्मान घानी, समिउल्लाह, नाभेद एह्मद, नाभेद खान, जकिउल्लाह





थप समाचार

नेपाल र हङकङबीचको रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]