नेपालको पहिलो खेल भोलि म्यानमारसंग ( एसीसी यु-१६ इस्टर्न )

  • विकेटनेपाल, बैशाख-६ गते 

थाइल्याण्डमा शनिबार देखि सुरु हुने एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसंग खेल्दैछ।प्रतियोगिता खेल्न नेपाली अन्डर-१६ टिम बिहिबार थाईल्याण्ड प्रस्थान गरिसकेको छ।

अप्रिल २० देखि २८ तारिकसम्म चियाँग्माइ थाईल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित ८ टिम प्रतिस्पर्धा गर्दैछन्। नेपाल सहित आयोजक थाईल्याण्ड, मलेसिया, म्यानमार, सिंगापुर, हंगकंग , चिन र भुटान सहभागी प्रतियोगिता ३५ ओभर प्रति इनिंगको हुनेछ।

नेपाली अन्डर-१६ टिम प्रतियोगिताको डिफेन्डिङ च्याम्पीयन समेत हो। सन् २०१७ मा मलेसियामा आयोजित प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गरे उपाधि जितेको थियो।

पाली अन्डर-१६ टिम प्रतियोगिताको डिफेन्डिङ च्याम्पीयन समेत हो।

 

प्रतियोगिताको लागि बिशाल बिक्रम केसीको कप्तानीमा १४ सदस्यीय टिमको बुधबार घोषणा गरिएको थियो। टिममा २ वर्ष अघि पनि रहेका सुबास ऐयर र बिशाल बिक्रम केसी पनि छन्।

नेपाली टिम :- 

बिशाल बिक्रम केसी ( कप्तान ) , आइस भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दिपक बोहरा, सुबास ऐयर, निखिल कुमार सिंह, बिशाल कुमार पटेल, क्रिश कार्की, तिलक राज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापा

अतिरिक्त खेलाडी – अभिषेक गौतम, परशुराम यादभ, अरबाज अन्सारी, बिबेक दरासी
प्रशिक्षक – बसन्त शाही , म्यानेजर – सुदिप शर्मा, फिजियो – दिनेश भट्ट

नेपाल समुह ‘ए’ मा, यस्तो छ खेल तालिका  

प्रतियोगितामा  सहभागी ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल रहेको समुह ‘ए’ मा आयोजक थाईल्याण्ड, मलेसिया र म्यानमार रहेका छन्। समुह ‘बि’ मा सिंगापुर, हंगकंग , चिन र भुटान रहेका छन्।

समुह ‘ए’ – नेपाल, मलेसिया, थाईल्याण्ड, म्यानमार
समुह ‘बि’ – सिंगापुर, हंगकंग, चिन र भुटान

समुह चरणमा एक/अर्का बिरुद्ध १/१ खेलीसकेपछि समुहको उत्कृस्ट-२ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालको खेल तालिका :-

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल अप्रिल २० तारिक ( शनिवार ) म्यानमारसंग खेल्नेछ। दोश्रो खेल २४ अप्रिलमा मलेसियासंग तथा तेश्रो खेल अप्रिल २५ मा थाईल्याण्डसंग खेल्नेछ। अप्रिल २७ तारिकमा २ वटा सेमीफाइनल तथा २८ तारिकमा फाइनल खेल हुनेछ।

सबै खेल थाईल्याण्डको समय १०:३० बजे बिहान र नेपाली समय ९:१५ बजे सुरु हुनेछ।

अप्रिल २० – म्यानमारसंग , अप्रिल २४ – मलेसियासंग , अप्रिल २५ – थाईल्याण्डसंग





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]