युथ एसिया कप : भारतसंग खेल्दै नेपाल – सम्पूर्ण जानकारी एकै ठाउँ

Nepal U19 Cricket Team
  • विकेटनेपाल, असोज १२ – शुक्रबार 

यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमै यु-१९ बिश्व कप बिजेता टिम भारतसंग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगितामा सहभागी हुन बिहिबार युवा टोलि बंगलादेश पुगीसकेको छ। प्रस्तुत छ प्रतियोगिताबारे सम्पूर्ण जानकारी एकै ठाउँमा –

नेपालको समुह मा को को छ ?  समुह ‘ए’ – नेपाल , भारत , अफगानिस्तान र युएई , ‘बि’ श्रीलंका, बंगलादेश, पाकिस्तान र हंगकंग
नेपालले कहिले को संग खेल्दै छ ? सेप्टेम्बर २९ – भारतसंग , अक्टोबर १  – अफगानिस्तानसंग , अक्टोबर २ – युएईसंग

खेल कति बजे सुरु हुनेछ ?  नेपाली समय : ८:४५ बजे बिहान सुरु हुनेछ
लाइभ कहाँ हेर्ने ?  भिडियो लाइभ हुने जानकारी छैन , स्कोर अपडेट विकेटनेपालमा

प्रतियोगिताको फर्म्याट कस्तो हो ?  ५० ओभरको खेल हुनेछ। सहभागी ८ टिमलाई २ वटा समुहमा बिभिजन गरिएको छ। समुह चरणमा एक-अर्का संग सबैले सबैसंग १/१ खेल्नेछन्। समुह चरणमा सबै टिमले ३/३ वटा खेल खेलेपछि अंकतालिकामा दुवै समुहबाट उत्कृस्ट-२ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालको टिममा को को छन् ? 

आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग , मुख्य प्रशिक्षक – बिनोद दास , सहायक प्रशिक्षक – मनोज कटुवाल , टिम ब्यबस्थापक – शक्ति  गौचन, फिजियो – बिक्रम न्यौपाने

Nepal U19 Cricket Team
Nepal U19 Cricket Team

टिममा कसको भूमिका के हो ?

ब्याट्सम्यान – आसिफ शेख, रोहित  पौडेल,रभी शाह , रित  गौतम, रबिन्द्र जंग शाही, भिम शार्की, तृत राज दास, अरुण ऐरि
अलराउण्डर – पवन सर्राफ, सन्दिप जोरा
स्पिनर – सागर ढकाल,सुर्य तामांग , पेसर – कमल सिंह ऐरि, नन्दन यादब, राशिद खान

प्रतियोगितामा नेपालको इतिहास कस्तो छ ? 

सन् २०१२ –  पहिलो चरणबाट बाहिर ( पाकिस्तान र भारतसंग पराजित, मलेसियासंग जित )
सन् २०१४ – पहिलो चरणबाट बाहिर ( पाकिस्तान र भारतसंग पराजित, युएईसंग जित )
सन् २०१६ – पहिलो चरणबाट बाहिर ( श्रीलंका र भारतसंग पराजित, मलेसियासंग जित )
सन् २०१७ – सेमीफाइनल ( समुह चरणमा भारत र मलेसिया संग जित, बंगलादेशसंग पराजित, सेमीफाइनलमा अफगानिस्तानसंग पराजित )

नेपालको तयारी कस्तो छ ? 

प्रतियोगिताको लागि नेपालले आफ्नो टिममा पहिले यु-१९ र यु-१६ टिमको लागि खेलेका तथा ट्यालेन्ट हन्ट गर्दै छानेको थियो। त्यसपछि १ हफ्ता प्रशिक्षण घरमा गर्दै नेपालले भारतीय क्रिकेट बोर्डको आयोजनामा लखनउमा भारत यु-१९ ‘ए’ र ‘बि’ टिम तथा अफगानिस्तान यु-१९ सहभागी सिरिज खेल्यो। सिरिजमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो भने अन्य खेलहरुमा पराजित भए पनि बलिङ्ग राम्रो गर्यो र ब्याटिंगमा पनि प्रत्येक खेलमा नयाँ ब्याट्सम्यानहरुले राम्रो ब्याटिंग गरे। भारतबाट फर्किएपछि नेपालले पुनः १ हफ्ता प्रशिक्षण गर्यो जसमा नेपाल नेटमा भन्दा म्याच खेल्नमा धेरै केन्द्रित थियो।

नेपालको सम्भावना कति छ ? 

नेपालले समुह चरणमै बिश्वकप बिजेता भारत र युथ एसिया कपको साविकको बिजेता अफगानिस्तानको सामना गर्दैछ भने युएई तुलनात्मक रुपमा कमजोर रहेको छ। नेपालले सेमीफाइनलमा पुग्नको लागि कम्तिमा पनि २ खेल जित्नुपर्नेछ। युएईलाई पारित गर्न नेपाललाई कठिन हुने छैन भने अफगानिस्तान र भारत मध्ये एउटा खेलमा जित हात पारे नेपाल अघिल्लो चरण प्रवेश गर्नेछ।

Aasif Sheikh
Aasif Sheikh

यो भन्दा अगाडीको बर्ष युथ एसिया कपमा नेपाललाई सेमीफाइनलमा अफगानिस्थानले पराजित गरेको थियो जुन टिममा हाल बिश्व क्रिकेटका चर्चित स्पिनर मुजिब उर् रहमान रहेका थिए। मुजिबकै बलिङ्गको कारण नेपालले सेमीफाइनलमा हार बेहोर्नु परेको थियो। तर यो पटकको अफगानी टिम त्यति मजबुत छैन जसलाई भर्खरै भारत सिरिजमा नेपालले पराजित समेत गरेको थियो।

तुलनात्मक रुपमा भारत टिम प्रतियोगिता जित्ने दाबेदार टिम हो त्यसैले भारतलाई पराजित गर्न नेपालले अपत्यारिलो नतिजा निकाल्नु पर्नेछ। तर अफगानिस्तान भने नेपालको तुलना गर्न सकिने टिम हो जसलाई नेपालले पराजित गर्दै सेमीफाइनल पुग्ने आशा गर्न सकिन्छ।

नेपालको बलियो पक्ष के हो ? 

पुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान बिनोद दास जो स्वयम् फास्ट बलर थिए उनका अनुसार बलिङ्ग नेपालको बलियो पक्ष हो। कमल सिंह ऐरि , रासिद खान र नन्दन यादब जो २०१६ देखि यु-१९ टिमको हिस्सा रहेका छन् उनीहरुसंग अनुभब र अनुसासन दुवै छ।

अर्कोतर्फ स्पिन बलिङ्गमा देब्रे हाते स्पिनर सागर ढकाल र सुर्य तामांग र अफ स्पिनर पवन सर्राफ परिपक्व बलर हुन्। सागर र पवनले भारत सिरिजमा राम्रो प्रदर्शन गरेका थिए भने सुर्यले यु-१६ टिमको लागि गत बर्ष एसीसी यु-१६ मा शानदार बलिङ्ग गरेका थिए।

Sagar Dhakal
Sagar Dhakal

ब्याटिंगको कुरा गर्दा आसिफ शेख र रोहित पौडेल जसले राष्ट्रिय टिमको लागि खेलीसकेका छन् उनीहरुको उपस्थिति यु-१९ टिममा छ। आसिफको फर्म नेपालको चिन्ता रहेको छ तर भारत टुरमा राम्रो प्रदर्शन गरेका तृत राज दास, सन्दिप जोरा , भिम शार्की , पवन सर्राफको उपस्थितिले ब्याटिंग पनि कमजोर छैन भन्ने आभास दिन्छ।

समग्रमा हेर्दा नेपाली टोलि सन्तुलित छ र रोहित, आसिफ, पवन, सन्दिप , भिम, कमल, रासिद जस्ता ठुलो स्तरमा यस अघिनै खेलीसकेका खेलाडीहरुको उपस्थितिले नेपालको सेमीफाइनल पुग्ने सम्भावना प्रबल छ।

अन्य टिममा को-को खेलाडी छन् – 

भारत – देभदत्त पडिक्कल , पभन शाह, यशस्भी जैसवाल, अनुज  रावत,यश राथोड, आयुष बदोनि , नेहाल वाधेरा, प्रभ सिम्रन सिंह, सिद्धार्थ देसाई, हर्ष त्यागी, अजय गंगापुरम, यतिन मंग्वानी, मोहित जन्ग्रा, समिर  चौधरी,राजेश मोहन्ति , प्रशिक्षक – वोरकेरी रमन

अफगानिस्तान – मोहम्मद शिर्जाद, अब्दुल रहमान, समिउल्लाह जवद, इजाज मेहरान, अबिद मोहम्मदी, मोहम्मद हसन, रियाज हस्सन, फरहान जखैल, उस्मान जलंद, जकिउल्लाह सुल्तानी, बसिर सिर, अब्दुल्लाह नैब, सेदिकुल्लाह अटल, इझरुल्लाक नाभेद, नविद कविर , प्रशिक्षक – एन्ड्रु जमेस मोलेस





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]