स्तरीय टिमसंग भारतमा नेपालको पहिलो अभ्यास खेल

Sashi Keshari
  • विकेटनेपाल, असोज २ 

अभ्यास खेल खेल्न भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टिमले मंगलबार पहिलो अभ्यास खेल खेल्नेछ ।

सोमबार चेन्नई पुगेको नेपाली टिमले तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्ससंग अभ्यास खेल खेल्ने ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन् ।

डीन्डीगुल ड्रयागन्समा आइपिएल खेलीसकेका खेलाडी थंगारसु नटार्जन, मुरुगन आश्विन तथा रनजी स्तरका खेलाडीहरु खेल्ने गर्दछन् । मंगलबार अभ्यास खेलमा कुन खेलाडीहरु खेल्नेछन् भने जानकारी प्राप्त भएको छैन ।

टिमले २१, २३ र २५ तारिकमा अन्य ३ वटा अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेकोछ। नेपाली टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

नेपाली टिमले सोमबार नेट र फिटनेसमा समय बितायो । अभ्यासको फोटोहरु हेर्नुस 

डेभ व्हाटमोर नेपाली टिमसंग

केन्यासंग आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अगाडी बल एण्ड ब्याट फाउन्डेसनको पहलमा नेपाली टिमको प्रशिक्षण गरेका पुर्व श्रीलंका/बंगलादेश/जिम्बाबे प्रशिक्षक तथा अस्ट्रेलियन क्रिकेटर डेभ व्हाटमोर पनि नेपाली टिमको अभ्यास स्थलमा पुगेर समय बिताएका थिए l व्हाटमोर हाल केरला क्रिकेट टिमको प्रशिक्षक रहेका छन् ।

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले छैठौं चरणको महत्वपूर्ण खेलमा हंगकंगसंग अक्टोबर १३ र १५ तारिकमा २ वटा खेल खेल्दैछ l प्रतियोगिताको लागि सोमबारनै १४ सदस्यीय टिमको घोषणा गरेको छ l

ललित सिंह भण्डारी पहिलो पटक रास्ट्रिय क्रिकेट टिममा

नेपाली टिममा देब्रे हाते तिब्र गति बलर ललित सिंह भण्डारी र देब्रे हाते स्पिनर सुशील कंडेलले पहिलो पटक स्थान बनाएका छन् l मेहबुब आलम, जितेन्द्र मुखिया, नरेश बुढायर र कुशल भुर्तेललाई भने बैकल्पिक खेलाडीको सुचीमा राखिएको छ l

यस्तो छ टिम : 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुशन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने

बिश्वकप छनौट खेल्न नेपाललाई आगामी खेलमा जित्न दबाब

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा  नेदरल्याण्ड १० खेल मध्ये ७ वटामा जित ,१ मा हार र २ खेल नतिजा बिहिन रहेपछि १६ अंक सहित शिर्ष स्थानमा रहेको छ । उतिकै खेलमा ७ जित र ३ हार बेहोरेको पपुवा न्युगिनी १४ अंकसहित दोश्रो स्थानमा छ । स्कटल्याण्डको १० खेलमा  १३ अंक तथा हंगकंगको १० खेलमा ११ अंक रहेको छ ।

केन्या कुल १० अंक सहित नेपाल भन्दा १ स्थान माथि पाँचौ स्थानमा रहेको छ भने नेपाल ८ अंक सहित छैठौं स्थानमा छ ।

अंकतालिका

नेपालले हंगकंगसंगको खेल पछि च्याम्पियनसिपको पुछारमा रहेको युएईसंग २ खेल्नेछ । यस्तै हंगकंगले नेपाल पछि अन्तिम २ खेल पपुवा न्युगिनीसंग खेल्नेछ । यस्तै केन्याले बाँकी ३ वटा खेल नेदरल्याण्ड र स्कटल्याण्डसंग खेल्नेछ । स्कटल्याण्डले पपुवा न्युगिनी र हंगकंगसंग खेल्न बाँकी रहेको छ।

यो अवस्थामा यदी नेपालले बाँकी ४ वटै खेल जित्नसके टप ४ भित्र पर्ने सम्भावना प्रबल रहन्छ । ४ मध्ये ३ वटा खेलमा जित हात पार्न सके पनि नेपालको सम्भावना रहन्छ । हंगकंगले तुलनात्मक रुपमा बलियो पपुवा न्युगिनीको तथा केन्याले पनि बलियो नेदरल्याण्ड र स्कटल्याण्डसंग खेल्न बाँकी रहेको अवस्थामा अब नेपाल उत्कृस्ट ४ भित्र पर्न हंगकंग र केन्याको हारले सहयोग गर्नेछ । तर नेपालले आफुलाई सुरक्षित पार्न बाँकी ४ मध्ये बढीभन्दा बढी खेल जित्नुपर्नेछ ।

यो अर्थमा च्याम्पियनसिपको अंकतालिका रोमान्चक अवस्थामा रहेकोछ त्यसैले हंगकंगसंगको खेल जित्नु नेपालको लागि अत्यन्त महत्वपूर्ण हुनेछ। हंगकंगलाई २ खेलमा पराजित गर्न सक्ने हो भने त्यसपछि कमजोर प्रदर्शन गरिरहेको युएईलाई पराजित गर्नु नेपाललाई कम मुस्किल हुने अनुमान गर्न सकिन्छ ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]