युएईमा नेपालको पहिलो अभ्यास खेल भोलि

२०७४ माघ १५, सोमबार २१:४६

Nepal Cricket Team
  • विकेटनेपाल- १५ माघ- सोमबार 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका क्रममा युएईमा रहेको नेपाली रास्ट्रिय टिमले मंगलबार पहिलो अभ्यास खेल खेल्ने छ।

अभ्यास टुर अन्तर्गत आइतबार युएई प्रस्थान गरेको नेपाली टिमले त्यहाँ ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। अभ्यास खेलहरु पछि टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई बताए अनुसार पहिलो अभ्यास खेलमा नेपालले युएई ‘ए’ टिमको सामना गर्नेछ। खेल आईसीसी एकेडेमी ओभल-१ मैदानमा खेलिनेछ। खेल स्थानीय समय अनुसार बिहान ९:३० बजे अर्थात् नेपाली समय बिहान ( ११:१५ बजे बिहान ) बाट सुरुहुने छ।

युएईको ‘ए’ टिमसंग खेल हुने भए पनि उक्त टिममा खेल्ने खेलाडीहरु भने बताईएको छैन।

Sulakshan Kulkarni
ब्याटिंग कन्सल्टेन्ट सुलाक्ष्ण कुलकर्नी

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

टिमलाई सघाउन आईसीसीले भारतीय प्रशिक्षक सुलाक्षण कुल्कर्नीलाई नियुक्त गरेको छ जसले टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाइरहेका छन्। कुल्कर्नीले भारतको रणजी स्तरका खेलाडी तथा मुम्बई लगायत रणजी टिमको प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

नेपाली टिम

पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

धेरैले पढेको –       को हुन् सन्दिप लामिछाने ? पढ्नुस उनिबारे १४ रोचक तथ्य

                           आईपीएल अक्सन : यी हुन् महँगोमा बिक्ने १० क्रिकेटरहरु

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy