नेपालले यसरी जितेको थियो २ बलमै खेल

Mehboob Alam
  • विकेटनेपाल, असोज १४ 

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिताको पहिलो खेल अन्तर्गत नेपालले अक्टोबर ३ तारिकमा म्यानमारसंग खेल्दैछ। अस्ट्रेलियामा हुने २०२० टि-२० बिश्वकपको पहिलो खुड्किला पार गर्ने क्रममा नेपालले म्यानमारसंगै, मलेसिया , थाईल्याण्ड, भुटान, चिन र सिंगापुरसंग खेल्नेछ।

पहिलो खेलमा म्यानमारको सामना गर्दै गर्दा एउटा यस्तो खेल याद दिलाउदै छौ जुन खेल बिश्व क्रिकेटमै अचम्मको नतिजाको कारणले परिचित छ।

सन् २००६ एसीसी ट्रफी ( मलेसिया ) , नेपाल Vs म्यानमार

मलेसियाको क्लब अमन मैदानमा एसीसी ट्रफीको समुह चरणको आफ्नो चौथो खेलमा नेपाल खेल्दै थियो म्यानमारसंग। मिति थियो २० अगस्ट २००६। नेपाल प्रतियोगिताको अघिल्लो ३ खेलमा हंगकंग, भुटान र कुवेतलाई सजिलै हराऊदै एसीसी ट्रफी जित्ने अभियानमा थियो। क्रिकेट इतिहासममी पहिलो पटक भिड्दै थिए नेपाल र म्यानमार।

नेपालले टस जित्यो र कप्तान बिनोद दासले पहिले बलिंग गर्ने निर्णय गरे। बलिंग गर्न आए मेहबुब आलम। पहिलो बलमै विकेट !

आलमबाट त्यो अस्वभाविक पक्कै थिएन। म्यानमार ओपनर ओमर खाता नखोली आलमको एलबिडब्लु धरापमा परे। म्यानमारको स्कोर ०/१।

चौथो बलसम्म खाता खोल्न नसकेको म्यानमारलाई आलमले पुनः झट्का दिए। यसपालि आलमले म्यानमार ब्याट्सम्यान मोहम्मदको स्टम्प उडाईदिए। स्कोर पुग्यो ०/२

प्रतियोगिताकै अर्को खेलमा म्यानमार ब्याट्सम्यान ( Photo – ACC )

आलम कहाँ रोकिन्थे र ? आफ्नो दोश्रो ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै स्कोर र रन बराबर बनाईदिए। अब्दुल रहमानको स्टम्प ढालेका आलमले शरजिललाई राजु बस्नेतको हातमा क्याच थमाए। ४ रनमै ४ वटै विकेट गुमाएको म्यानमार गम्भीर संकटमा पुग्यो।

आलम अझै थामिएनन्… सातौँ ओभरको दोश्रो र पाँचौ बलमा छैठौं र सातौँ नम्बरका ब्याट्सम्यानलाई पनि पाखा लगाईदिए। स्कोर पुग्यो ७ रन ६ विकेटको नोक्सानी।

कप्तान बिनोद दास पनि कम कहाँ थिए र ? दासले पनि २० बल खेल्दै १ रन बनाएर अवरोध बनिरहेका ओपनर जर्कारीयालाई अन्य ६ ब्याट्सम्यान फर्केकै बाटो देखाईदिए। स्कोर पुग्यो ७.५ ओभर ८ रन ७ विकेटको क्षेतीमा।

Binod Das
प्रतियोगिताको अर्को एक खेलमा बलिङ्ग गर्दै बिनोद दास ( Photo – ACC )

नेपाल इतिहाको नजिक थियो। ८ रन बन्दा ७ जना ब्याट्सम्यान गुमाएको म्यानमारलाई बिनोद दासले दया गरेनन्। ८ बलमा १ रन बनाई इज्जत ढाक्ने प्रयासमा रहेका जिन मिन पनि उखालिएको स्टम्प हेर्दै पेभेलियनकै बाटो लागे। ९ रनमै गुम्यो म्यानमारको ८ विकेट १० ओभरको समाप्ति।

बाँकी थियो २ विकेट र झरेका सबै ८ विकेट थियो आलम र दासको नाम। नांगीसकेको थियो म्यानमार अब अझै नांगिन केनै बाँकी थियो होलार ? केहि पनि बाँकी छाडेनन् दास र आलमले। नवौं विकेटको रुपमा बिनोद दासले युसुफलाई १२ औ ओभरको दोश्रो बलमा आकाश गुप्तालाई क्याच थमाए। बाँकी थियो १ विकेट, आलमले ए मिन थानको बल छुने प्रयास असफल बनाईदिए। बोल्ड !
म्यानमार १० रनमै अल आउट।

१० विकेट १२.१ ओभरमा गुमाएको म्यानमारका ५ जना ब्याट्सम्यानले १ रन जोड्दा अन्य ५ जना ० मै आउट भए। बिनोद दासले २ वटा वाइड र लेग बाईको रुपमा ३ रन पाउदा दोहोरो अंक छुने सौभाग्य म्यानमारले पायो। आलमले ६.१ ओभरमा ३ मेडन ओभर सहित ३ रन खर्ची ७ विकेट तथा दासले ६ ओभरमा २ मेडन ओभर सहित ४ रन खर्ची ३ विकेट आफ्नो पक्षमा पारे।

अब ब्याटिंग गर्ने पालो नेपालको। लक्ष ११ रन।

ब्याटिंग गर्न आईपुगे महेश क्षेत्री र धिरेन्द्र चन्द। ओपनिंग बलिंग गर्न आएका म्यानमार बलर ए मिन थनले नेपाली ब्याट्सम्यानलाई धेरै दुख दिएनन्। ३ वटा वाइड फालेका मिनको बलमै नेपालले २ रन समेत लियो। महेश क्षेत्री र धिरेन्द्र चन्दले खेलेको २ बलमा ३/३ रन बटुले पछि नेपालले २ बलमै खेल जित्यो।

प्रतियोगिताकै एक अन्य खेलमा बलिङ्ग गर्दै मेहबुब आलमको अपिल ( Photo – ACC )

खेलको म्यान अफ द म्याच ७ विकट लिएका मेहबूब आलम घोषित भए। प्रतियोगितामा लज्जास्पद प्रदर्शन गरेको म्यानमारको त्यो नै पहिलो र अन्तिम एसीसी ट्रफी प्रतियोगिता बन्न पुग्यो।

प्रतियोगितामा नेपालले भने सेमीफाइनलमा युएईसंग ९ विकेटले पराजित हुन पुग्यो। फाइनलमा युएईले हंगकंगलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो। तेश्रो स्थानको लागि भएको प्लेअफमा पनि नेपालले ६४ रनको हार बेहोर्न पुगेको थियो।

नेपाल फेरी एक पटक म्यानमारसंग खेल्ने भएको छ जुन खेल २००६ पछि म्यानमारसंग दोश्रो खेल हुनेछ , दोश्रो खेलको दोश्रो बलमा फेरी उही नतिजा आउला ?

म्यानमारको ब्याटिंग कार्ड

ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगितामा नेपालको खेल तालिका : 

पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल) , दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल)
तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल) , चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल)
पाँचौ खेल : vs चिन , अक्टोबर १० (किनरारा ओभल), छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)

( फोटोहरु – एसीसी )





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]