शरदको उत्कृस्ट ब्याटिंगले नेपालद्वारा युएईलाई २२२ रनको लक्ष

  • विकेटनेपाल, २० मङ्सिर 

शरद भेसावकर र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिंग खेलेपछि नेपालले युएईलाई २२२ रनको लक्ष प्रस्तुत गरेको छ। स्कोरकार्ड हेर्नुस 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं चरणको खेलमा युएईले टस जितेर नेपाललाई पहीलो ब्याटिंगको निम्तो दिएको थियो।

नेपालको लागि ओपनिंग गरेका ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटको लागि ४३ रनको साझेदारी गरेका थिए। दिलिप १५ औं ओभरमा १६ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र शरद भेसावकरले दोश्रो विकेटको लागि ४१ रनको साझेदारी गर्दै नेपालको स्कोर अघि बढाएका थिए।

लिस्ट ए करियरको चौथो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाएपछि ज्ञानेन्द्र युएई कप्तान रोहन मुस्तफाको बलमा एलबिडब्लु धरापमा परेका थिए । मल्लले ८३ बलमा ६ चौका प्रहार गरे।

ज्ञानेन्द्र मल्ल अर्धशतक प्रहार गरेपछि l फोटो – आयुष गौतम

त्यसपछि ब्याटिंग गर्न आएका पारस खड्का र शरद ले तेश्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। पारस २० रनको स्कोरमा आउट भएपछि नेपालले आरिफ शेख ( ० ) र बिनोद भण्डारी ( ४ ) लाई सस्तैमा गुमाउन पुग्यो।

सातौँ नम्बरमा ब्याटिंग गरेका सोमपालले शरदसंग छैठौ विकेटको लागि ३७ रनको साझेदारी गरे। सोमपाल २० रनको स्कोरमा आउट भए जसले ३ चौका प्रहार गरे। सोमपालको विकेट पछि शरद र बसन्त रेग्मीले सातौँ विकेटको लागि अविजित ४० रनको साझेदारी गर्दै नेपाललाई सम्मानित स्कोर तर्फ डोर्याएका थिए।

शरद ८१ रनमा अविजित रहे जुन क्रममा ९५ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै धैर्यतापूर्ण इनिंग खेले। बसन्त रेग्मीले अविजित १४ रन बनाए। नेपालले पुरा ५० ओभरमा ६ विकेट गुमाई २२१ रन बनायो।

युएईको लागि जहुर खानले २ तथा मोहम्मद नबिद, अहमद रजा र रोहन मुस्तफाले समान १/१ विकेट हात पारे।

स्कोरकार्ड हेर्नुस 

 





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]