अंकतालिकामा नेपाल दोश्रो, यसरी छनौट हुनसक्छ बिश्वकप छनौटमा

  • विकेटनेपाल, माघ २९ – सोमबार

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले आफ्नो आफ्नो चौथो खेलमा केन्यालाई पराजित गर्दै अंकतालिकामा यथावत रहेको छ। आजको खेलमा जित हात पारेपछि स्थान दोश्रोनै भएपनि महत्त्वपूर्ण २ अंक प्राप्त गरेको छ।

नेपालले जारि प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आयोजक नामिबियालाई रोमान्चक खेलमा १ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानसंग ६ विकेटको हार बेहोरेको थियो। त्यस्तै तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गरेको थियो।

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न खेलमा पहिलो स्थानमा रहेको क्यानडाले आयोजक नामिबियासँग १८ रनको हार व्यहोरेपनि नेट रन रेटको आधारमा पहिलो स्थानमानै रहेको छ।

यस्तो छ नेपाल छनौट हुने समिकरण

प्रतियोगितामा नेपालले अब बुधबार अंकतालिकाको शिर्ष स्थानमा रहेको क्यानडासंग प्रतिस्पर्धा गर्नेछ जुन खेलमा जित हाँसिल गरे नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ को एकदिवसीय बिश्वकप छनौट खेल्न छनौट हुनेछ। क्यानडासंग हार बेहोरेको खण्डमा भने नेपालले छनौट हुन अन्य टिमहरुको नतिजामा भर पर्नुपर्नेछ।

प्रतियोगितामा मंगलबार केन्या र नामिबिया प्रतिस्पर्धा गर्दैछन् भने लिगको अन्तिम दिन ओमानले केन्याको तथा नामिबियाले युएईको सामना गर्नेछ।नेट रन रेट निकै राम्रो भएको हुँदा नेपालसंग पराजित भएपनि क्यानडा बिश्व कप छनौट खेल्न छानिने सम्भावना प्रबल रहेको छ।

नेपाल हारेको खण्डमा 

क्यानडासंग नेपाल पराजित भएको खण्डमा युएई र नामिबियाको नतिजामा नेपाल छनौट हुने नहुने निर्भर हुनेछ। नामिबियाले मंगलबार केन्यालाई तथा अन्तिम दिन युएईलाई पराजित गरेको खण्डमा नामिबिया छनौट हुनेछ। नामिबियाले ३ खेल खेल्दा २ जित हाँसिल गरेको छ भने युएईले ४ खेलमा २ जित हाँसिल गरेको छ।

बाँकी खेलहरु – 

मंगलबार – नामिबिया Vs केन्या
बुधबार – नेपाल Vs क्यानडा, केन्या Vs ओमान, नामिबिया Vs युएई

युएईको दोश्रो जित

संयुक्त अरब इमिरेट्सले आज भएको खेलमा ओमानलाई ४६ रनले पराजित गरेको छ । उसको जितमा घुलाम शब्बरले ६३ रनको पारि खेल्नेक्रममा १०५ बलमा ७ चौका प्रहार गरेका गरेपछि ९  युएईले १५९ रनको योगफल तयार परेको थियो। जवाफमा लक्ष्य पछ्याएको ओमानको लागि जतिंदर सिंहले ५१ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर अन्तिम ३ ओभर  मा १ रन मात्र बनाउदै ५ विकेट गुमाएपछी ओमान पराजित भएको हो । युएईका मोहम्मद नाविदले ३ विकेट लिन मात्र ८ रन खर्चे।

नामिबियाको पनि दोश्रो जित

जारि प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बलियो क्यानडालाई १७ रनले पराजित गर्दै नामिबियाले दोश्रो जित हात पारेको छ । नामिबियाका लागि सिजी विल्लियाम्सले ८२ रनको पारि खेलेपछि ५० ओभरमा ८ विकेट गुमाएर २६८ रनको योगफल तयार पारेको थियो । यत्सै एमजी ईरास्मसले पनि ६६ रनको पारि खेलेका थिए ।

जवाफमा जेजे स्मिटले ४७ रन खर्चेर तथा जेएन फ्र्यांकलिनले ५७ रन खर्चेर समान ३/३ विकेट लिएपछि क्यानाडा पराजित भएको हो । क्यानडाको लागि गुनासेकेराले ५७, पथिरनाले ४७ रन तथा धलिवालले ४४ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy