नेपाल दोश्रो खेलमा भारत यु-१९ ‘ए’ संग खेल्दै

Sagar Dhakal
  • विकेटनेपाल, भदौ २८ 

भारतीय क्रिकेट बोर्ड – बिसीसीआईको आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल यु-१९, भारत, यु-१९ ( ए ) , अफगानिस्तान यु-१९ र भारत यु-१९ ( बि ) सहभागी चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा भारत यु-१९ ( ए ) को सामना गर्नेछ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बुधबार भारत यु-१९ ( बि ) संग ४० रनको हार बेहोरेको थियो भने भारत यु-१९ ( ए ) ले अफगानिस्तान यु-१९ लाई १४० रनले पराजित गरेको थियो।

सुधारिएको प्रदर्शन तथा गत बर्ष नोभेम्बरमा भारत यु-१९ लाई पराजित गरेको इतिहास दोहोर्याउने उद्देश्यको साथ नेपाली युवा टिम मैदानमा उत्रनेछ। उता अफगानिस्तानलाई सहजै पराजित गरेपछि भारत यु-१९ ‘ए’ त्यही लयको आशामा हुनेछ।

खेल सुरु हुने समय – ९:१५ बजे बिहान ( नेपाल )
मैदान – एकाना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियम, लखनउ

Ekana International Cricket Stadium
खेल हुने नव निर्मित एकाना स्टेडियम लखनउ

नेपालले गत बर्ष नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा राहुल द्रविड प्रशिक्षणको भारतीय यु-१९ टिमलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले १८५ रन बनाएको थियो जसको जवाफमा भारत यु-१९ १६६ रनमा समेटिएको थियो। खेलमा कप्तानी गरेका दिपेन्द्र ऐरिले ८८ रन बनाउनुको साथै लिएका थिए। कुनै पनि स्तरमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो।

बुधबार अभ्यास गर्दै युवा टिम

भारत यु-१९ ‘ए’ टिम – पभन साह ( कप्तान ) , देवदत्त पडिक्कल, यशस्वी जैसवाल, अनुज रावत, यश राथोड़, आयुष बादोनी, नेहल वधेरा, प्रब सिमरन सिंह, सिदार्थ देसाई, हर्ष त्यागि, अजय देव गौड, यतिन मंग्वानी, समिर चौधरी र राजेश मोहन्ति

नेपाल यु-१९ टिम – आसिफ शेख ( कप्तान )त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम

सिरिजमा नेपालको बाँकी खेल – 
सेप्टेम्बर १४ – नेपाल यु-१९ Vs भारत यु-१९ ( ए )
सेप्टेम्बर १६ – नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ – फाइनल र प्ले-अफ ( तेश्रो र चौथो )

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]