नेपालले दोश्रो खेल आयोजक मलेसियासंग खेल्दै

Nepal vs Malaysia
  • विकेटनेपाल, असोज – १८ 

बुधबार देखि मलेसियामा सुरु भएको आईसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको नेपालले दोश्रो खेल अक्टोबर ६ तारिक ( शनिबार ) आयोजक मलेसियाको सामना गर्नेछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई २९ रनमै अल-आउट गरेको थियो जसपछि ३० रनको लक्ष्य ३ ओभरमै २ विकेट गुमाएर भेटाएको थियो।

मलेसियाले भने पहिलो खेलमा भूटानलई ६७ रनले पराजित गरेको थियो जून क्रममा पाहिले ब्यटिंग गर्दै १५४ रन बनाएको थियो र भूटानलाई ८७/९ मा समटेको थियो। दोश्रो खेलमा आज थाईल्याण्डसंग प्रतिस्पर्धा गरेको मलेसियाले भने अंक बाँड्नु परेको छ। पाहिले ब्यटिंग गर्दै मलेसियाले १२४ रन बनाएको थियो जसपछि बर्षाको कारण दोश्रो खेल सम्भव हुन नसक्दा मलेसियाले अंक बाडेको हो।

मलेसियासंग नेपालले शनिबार क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा खेल्नेछ। खेल नेपाली समय ७:४५ बजे बिहान ( मलेसिया समय : १० बजे बिहान ) सुरु हुनेछ।

नेपालको आगामी खेलहरु – 

दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल) , ७:४५ बजे बिहान ( मलेसिया समय : १० बजे बिहान )
तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल) , १२:१५ बजे दिउसो ( मलेसिया समय २:३० बजे दिउसो )
चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल) , ७:४५ बजे बिहान ( मलेसिया समय : १० बजे बिहान )
पाँचौ खेल : vs चिन, अक्टोबर १० (किनरारा ओभल) , ७:४५ बजे बिहान ( मलेसिया समय : १० बजे बिहान )
छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल) , १२:१५ बजे दिउसो ( मलेसिया समय २:३० बजे दिउसो )

पछिल्लो भेट :- 

मलेसियासंग नेपालले टि-१० फर्म्याटमा यसअघि सन् २०१३ को नेपालमा सम्पन्न एसीसी टि-२० मा खेलेको थियो। त्यस खेलमा नेपाल १९ रनले बिजयी हुँदा पहिले ब्याटिंग गर्दै नेपालले १६३ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४४ रन बनाएको थियो। खेलमा पारस खड्काले ८७ रन बनाएका थिए भने बलिङ्गमा सन्जम रेग्मी र पृथु बास्कोटाले २/२ विकेट लिएका थिए।

Aairf Sheikh
Aairf Sheikh

५० ओभर फर्म्याटमा भने नेपालले गत महिना एसिया कप छनौट प्रतियोगितामा मलेसियासंग खेल्दा १९ रनले बिजयी भएको थियो। नेपालले निर्धारित ३० ओभरमा १८८ रन बनाएको थियो जसको जवाफमा मलेसियाले १६९ रन बनाएको थियो। नेपालको लागि आरिफ शेख ( ६४ ) र दिपेन्द्र ऐरि ( ५४ ) ले अर्धशतक बनाएका थिए भने बलिङ्गमा बसन्त रेग्मीले ३ विकेट तथा सोमपाल कामि र सन्दिप लामिछानेले २/२ विकेट लिएका थिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]