नेपालको दोश्रो अभ्यास खेल बिहिबार : चेन्नाई भ्रमण

Nepal Cricket Team
  • विकेटनेपाल, ४ असोज 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको हंगकंगसंग अक्टोबर १३ र १५ हंगकंगमा खेलिने खेलको तयारीको लागि भारतको चेन्नईमा रहेको नेपाली टिमले बिहिबार दोश्रो अभ्यास खेल खेल्नेछ ।

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार नेपालले मिलापुर रिक्रियसन क्लबसंग अभ्यास खेल खेल्ने छ । ५० ओभरको खेल नेपाली समय अनुसार करिब १० बजे सुरुहुनेछ ।

नेपालले आफ्नो पहिलो अभ्यास खेलमा डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो ।

भारत भ्रमण अन्तर्गत नेपाली टिमले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । तेश्रो अभ्यास खेल सेप्टेम्बर २३ र चौथो २५ तारिकमा खेल्ने तालिका रहेको छ । टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

नेपालको बिशाल जितमा सोमपालको उत्कृस्ट प्रदर्शन

  • विकेटनेपाल, ३ असोज 

अभ्यास खेल खेल्न भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टिमले तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सोमपाल कामिले ब्याटिंग र बलिंग दुवैतर्फ राम्रो योगदान दिएका थिए ।

नेपालले पहिले ब्याटिंग गर्दै बनाएको २१६ रनको जवाफमा ब्याटिंग गरेको डीन्डीगुल ड्रयागन्सले दोश्रो इनिंगमा मात्र ६३ रनमै सबै विकेट गुमाउन पुगेको थियो ।

नेपालको लागि सोमपाल कामि, सागर पुन र सन्दिप लामिछानेले समान २-२ विकेट हात पारेका थिए । यस्तै पहिलो पटक नेपाली टिममा स्थान बनाएका सुशील कंडेल र ललित सिंह भण्डारीले १-१ विकेट हात पारे ।

सोमपाल कामि

यस अघि टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा २१६ रन बनाएको थियो ।  स्कोरकार्ड

तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्ससंगअभ्यास खेल खेलेको नेपाली टिमले पहिलो ६ विकेट ८५ रनको स्कोरमा गुमाएको थियो ।

६ विकेट गुमेपछि सोमपाल कामि र बसन्त रेग्मीले शतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ लगेका थिए ।

सोमपालले ४ छक्का र २ चौका मदतले ७७ बलमा ६६ रन बनाएका थिए । बसन्त रेग्मीले अविजित ५६ रन बनाउने क्रममा २ छक्का र १ चौका प्रहार गरे । दुवैले सातौं विकेटको लागि १०७ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि ओपनिंग ब्याट्सम्यान  ज्ञानेन्द्र मल्लले ३९ रनको योगदान दिएका थिए । मल्लले २ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर सागर पुनले १५ रन बनाएका थिए भने शरद भेसावकरले १ रन बनाउदा कप्तान पारस खड्का १ रनमै पेभेलियन फर्किएका थिए । आरिफ शेखले २१ रन बनाए भने बिनोद भण्डारीले १ रन मात्रै बनाउन सके ।

डीन्डीगुलका बलर एस अर्भिन्द एक्लैले ४ विकेट हात पारे। १० ओभर बलिंग गरेका उले २ मेडन ओभर सहित ३६ रन खर्चका थिए ।

 





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]