- विकेटनेपाल, ५ असोज
भारत भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको छ l
नेपालले दिएको २५२ रन लक्ष पछ्याउने क्रममा मिलापुरले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाई १९९ रन मात्रै बनाउन सक्यो l
मिलापुरको लागि ओपनर सुधन सन्जिबले ३७ तथा आर बिबेकले ३८ रन बनाउदै ओपनिंग साझेदारीको रुपमा ७४ रन जोडेका थिए l त्यसपछि पहिलो विकेट गुमाएको मिलापुरले लगातार विकेट गुमाएको थियो l यस्तै मोहम्मद आसिफले ३३ रनको योगदान दिएका थिए भने ए रथ्नमले अविजित ३५ रन बनाए l
नेपालको लागि सुशन भारि र सागर पुनले २/२ विकेट हात पारे l सुसनले १० ओभरमा १ मेडन ओभर सहित ३४ रन खर्चे भने सागरले ३५ रन खर्चिएका थिए l सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले पनि १-१ विकेट आफ्नो नाम गरेका थिए l
यस अघि नेपालले टस जितेर ब्याटिंग गर्दै नेपालले २५२ रनको लक्ष दिएको छ l पुरा ५० ओभर ब्याटिंग गर्दै नेपालले ७ विकेट गुमाई २५१ रन बनाएको थियो ।

नेपालको इनिंगमा ज्ञानेन्द्र मल्लको शतकिय योगदान रह्यो । ओपनिंग ब्याटिंग गरेका मल्ल १०० रन बनाएर रिटायर्ड आउट भएका थिए । शतक प्रहार गर्ने क्रममा १३चौका र १ छक्का प्रहार गरे ।
पहिलो विकेटको लागि सागर पुनसंग ६७ रनको साझेदारी गरेका मल्लले दोश्रो विकेटको लागि शरद भेसावकरसंग १०० रन भन्दा बढीको साझेदारी गरेका थिए ।
नेपालको लागि शरद भेसावकरले ४८ रनको योगदान दिएका थिए l यस्तै ओपनर सागर पुनले २५, पारस खड्काले २२ रन तथा करन केसीले २० रन बनाए । शरदले ३ चौका प्रहार गरे भने पारसले ३ छक्का तथा करनले १ चौका र २ छक्का प्रहार गरेका थिए ।
भारतको चेन्नाई भ्रमण अन्तर्गत नेपाली टिमले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । तेश्रो अभ्यास खेल सेप्टेम्बर २३ र चौथो २५ तारिकमा खेल्ने तालिका रहेको छ । टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
यस अघि पहिलो अभ्यास खेलमा नेपालले डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो l