ज्ञानेन्द्रको बिशाल शतक र सन्दिपको उत्कृस्ट बलिंगमा नेपालको बिशाल जित

ज्ञानेन्द्र मल्लले बिशाल शतक प्रहार गरेपछि नेपालले युएई अभ्यास टुरमा युएई ‘ए’ बिरुद्ध लगातार दोश्रो जित हात पारेको छ।

पहिलो अभ्यास खेलमा युएई ‘ए’ लाई मंगलबार नेपालले २५ रनले पराजित गरेको थियो। टुरमा नेपालले तेश्रो अभ्यास खेल फेब्रुअरी २ तारिक शुक्रबार युएई ‘ए’ संगनै खेल्ने कार्यक्रम रहेको छ।

आईसीसी ग्लोबल एकेडेमी मैदानमा नेपालले टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा पुरै ५० ओभर ब्याटिंग गर्दै ३३३/५ को बिशाल योगफल तयार गरेको थियो।

पहिलो विकेटका लागि ओपनर दिलिप नाथ र ज्ञानेन्द्र मल्लले १४२ रनको साझेदारी गर्दै नेपाललाई ठुलो स्कोरतिर डोर्याएका थिए।

मात्र ७९ बल खेलेका दिलिप ६४ रन जोड्दै रन आउटहुँदा नेपालको स्कोर २३.१ ओभरमा १४२ रन रहेको थियो। ७९ बल खेलेका दिलिपले ६ चौका र २ छक्काको सहयोगमा ६४ रन जोडे। त्यसपछि तिन नम्बरमा ब्याटिंग गर्न आएका अनिल साहले १४ रनको योगदान गरे।

ज्ञानेन्द्र मल्लले १५४ रन बनाए

नेपालको लागि सर्वाधिक रन जोड्ने क्रममा ज्ञानेन्द्र मल्लले १५४ रन बनाए। मात्र १३१ बल खेलेका मल्लले १५४ रन जोड्दा युएई “ए” का बलर जवाफबिहिन बने। आफ्नो इनिंगमा मल्लले १७ चौका प्रहार गरेका थिए।

आरिफ शेखले ३३ बलमा अविजित ४१ रन तथा दिपेन्द्र ऐरीले व्यक्तिगत ३४ रन जोडे। युएई “ए” को लागि लक्ष्मण श्रीकुमार, वासिफ अहमद तथा कार्तिक मयाप्पनले समान १-१ विकेट लिए।

सन्दिप लामिछानेको उत्कृस्ट बलिंग 

आईपीएल खेल्न छनौट भएपछि नेपालको लागि पहिलो पटक प्रतिनिधित्व गरेका सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दै युएईको ४ विकेट एक्लै लिंदा ३३४ रनको लक्ष पछ्याएको घरेलु टिमले १४० रनमै सबै विकेट गुमाउन पुग्यो।

सन्दिपले १० ओभर बलिंग गर्ने क्रममा मात्र ३६ रन खर्चेर ४ विकेट लिंदै युएई मध्येक्रम ध्वस्त पारेका थिए।यस्तै अघिल्लो खेलमा ५ विकट लिएका पारसले २ विकेट ( ६.२-०-१७-२ ) हात पार्न किफायती बलिंग गरे। सोमपाल कामि र शक्ति गौचनले पनि १/१ विकेट आफ्नो नाम गरे।

युएई ब्याट्सम्यान मोहम्मद कसीमले सर्बाधिक ४१ रन बनाए भने चिराग सुरीए १८ तथा अलि मिर्जा र अंश टन्डनले समान १७ रन जोडे।

अभ्यास टुर पछि नेपाली टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

टिमलाई सघाउन आईसीसीले भारतीय प्रशिक्षक सुलाक्षण कुल्कर्नीलाई नियुक्त गरेको छ जसले टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाइरहेका छन्। कुल्कर्नीले भारतको रणजी स्तरका खेलाडी तथा मुम्बई लगायत रणजी टिमको प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

नेपाली टिम

पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]