युएईलाई पराजित गर्ने नेपाली टिमका ३ हिरो खेलाडी

  • विकेटनेपाल, माघ २८ – आइतबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा युएईमाथि ४ विकेटको शानदार जित दर्ता गर्दै प्रतियोगिताको उत्कृस्ट-२ हुने सम्भावनालाई मजबुत बनाएको छ। वर्षाले ३ घण्टा ढिला सुरु भएपछि ३४ ओभरमा झारिएको खेलमा युएईले दिएको ११५ रनको लक्ष नेपालले २९ औ ओभरमा पुरा गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।

नेपालको जितमा निम्न ३ जना खेलाडीहरुले महत्वपूर्ण योगदान दिने काम गरे 

सन्दिप लामिछाने 

टस हारेर ब्याटिंग गरेको युएईले ३ विकेट छिट्टै गुमाएको थियो। २५ रनमा ३ विकेट गुमेपछि चौथो विकेटको लागि रामिज शह्जाद र शैमन अनवरको साझेदारी नेपालको लागि खतरा बन्दै थियो। त्यसै बेला पारस खड्काले सन्दिप लामिछानेलाई पहिलो ओभर बलिंग गर्न बोलाए। १८ औं ओभर दोश्रो बलमा लामिछानेले शह्जादलाई दिपेन्द्र ऐरीको हातबाट आउट गराउदै २९ रनको साझेदारी तोडे। सन्दिप त्यतिमै रोकिएनन् र लगत्तै अर्को बलमा मोहम्मद उस्मानलाई स्टम्पिंग आउट गराएपछि युएई कमजोर स्थितिमा पुगेको थियो।

Sandeep Lamichhane
सन्दिप लामिछानेले ३ विकेट लिए

युएईको इनिंगमा सर्बाधिक रन बनाएका शैमन अनवरलाई २२ औं ओभरमा पन्छाउने काम पनि सन्दिपलेनै गरे र युएईलाई ११४ रनमै अलआउट गर्न महत्वपूर्ण भूमिका खेले। ७ ओभर बलिंग गर्ने क्रममा सन्दिपले १ मेडन ओभर सहित ३० रन खर्चेर ३ विकेट हात पारे।

सोमपाल कामि 

प्रतियोगितामा राम्रो लयमा देखिएका सोमपाल कामिले युएईलाई पराजित गर्ने क्रममा बलिंग र ब्याटिंग दुवैमा महत्वपूर्ण योगदान दिए।

Sompal Kami
Sompal Kami

युएईको इनिंग ११४ रनमै सिमित गर्ने क्रममा कामिले फर्ममा रहेको माथिल्लो क्रम ध्वस्त बनाए। ओपनर अश्फाक अहमदलाई खाता नखोल्दै आउट गरेका उनले १६ रन बनाएका घुलाम शब्बिरलाई पनि पेभिलियान फर्काए। युएईको पुछारका ब्याट्सम्यानहरुले रन बनाउदै योगफल बढाउने प्रयास गर्दै गर्दा पुनः सोमपाल भिलेन बन्न पुगे र अन्तिमका २ ब्याट्सम्यान अहमद राजा ( ८ ) र मोहम्मद नाभेद ( १० ) लाई आउट गर्दै इनिंग थोरै रनमै समाप्त गरे।

७ ओभर बलिंग गर्दै सोमपालले ३० रन खर्चेर ४ विकेट हात पारे। ब्याटिंगतर्फ पनि सोमपालको योगदान रह्यो र १ छक्का प्रहार गर्दै अविजित १० रनको इनिंग खेल्दै नेपालको जित सहज बनाउने काम गरे।

पारस खड्का 

प्रतियोगिताको पहिलो २ खेलमा खास योगदान दिन नसकेका पारसले टिमलाई जितको ठुलो खाँचो पर्दा संकटमोचक बन्ने काम गरे।

११५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यानहरुले संघर्ष गर्दा पारसले एउटा किनारमा आक्रामक ब्याटिंग गरे। एउटा किनारमा लगातार विकेट गएको बेला पारसले ५ छक्का र २ चौका प्रहार गर्दै नेपालको मुस्किल टारेका थिए। ४३ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका पारसले प्रतियोगितामै नेपालको लागि पहिलो अर्धशतकीय इनिंग समेत खेले।

कप्तानी इनिंग खेल्दै खड्काले ५१ रन बनाउन ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे। बलिंगमा पनि उत्कृस्ट योगदान दिएका पारसले किफायती बलिंग गर्दै ७ ओभरमा २ मेडन ओभर सहित २० रन खर्चेर २ विकेट हात पारे। पारसनै खेलको म्यान अफ द म्याच समेत चुनिए।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]