शनिबार नेपालको तेश्रो अभ्यास खेल

  • विकेटनेपाल, असोज ६ 

भारतको चेन्नाई भ्रमण अन्तर्गत नेपाली क्रिकेट टिमले आफ्नो तेश्रो अभ्यास खेलमा शनिबार तमिलनाडु ‘ए’ संग खेल्ने छ ।

खेल बिहान करिब १० बजे सुरु हुने नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन् । खेल मुरुगुप्प्पा मैदानमा खेलिनेछ।

तमिलनाडु रणजी खेल्ने टिम हो जसको दोश्रो रोजाईको ‘ए’ टिम नेपालसंग खेल्नेछ। खेलको अपडेट यो लिंकमा हुनेछ 

नेपालले चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै पहिलो अभ्यास खेलमा मंगलबार डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो।

भ्रमण अन्तर्गत नेपालले चौथो तथा अन्तिम अभ्यास खेल २५ तारिक सोमबार खेल्नेछ जसपछि सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

अक्टोबर १३ र १५ तारिकमा हंगकंगमा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि टिमले भारत भ्रमण गरेको हो ।

नेपालले हंगकंगमा डीटिसी च्यालेन्ज कप खेल्ने

  • विकेटनेपाल, ६ असोज

नेपालले हंगकंगमा पहिलो पटक हुन लागेको डीटिसी च्यालेन्ज कप खेल्ने भएको छ ।

हंगकंगको प्रतिष्ठित क्लब काउलुन क्रिकेट क्लबले बिश्व क्रिकेट लिग च्याम्पियनसिपको हंगकंगसंगको खेल अघि अक्टोबर १० तारिकमा नेपालसंग डीटिसी च्यालेन्ज कप खेल्न लागेको हो ।

काउलुन क्रिकेट क्लबले आफ्नो फेसबुक पेजमा जारि गरेको बिज्ञप्ति मार्फत नेपालले उक्त खेल खेल्ने निश्चित गरेको हो ।

अक्टोबर १३ र १५ तारिकमा नेपालले हंगकंगसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २ वटा खेल खेल्दै छ जसको लागी नेपाली टिम अक्टोबर ८ तारिकमा हंगकंग पुग्नेछ ।

“अक्टोबर १० काउलुन क्रिकेट क्लबको लागि ऐतिहासिक दिन हुनेछ । क्लबको प्रिमियर लिग टोलिले नेपालसंग पहिलो डीटिसी च्यालेन्ज कप खेल्दैछ” – क्लबले बिज्ञप्तिमा बताएको छ ।

कपको १ मात्र खेल ५० ओभरको हुनेछ जुन आईसीसीको नियमअनुसार संचालन गरिनेछ ।

काउलुन क्रिकेट क्लब टिममा हंगकंग रास्ट्रिय क्रिकेट टिमका खेलाडीहरु सहित अन्य उत्कृस्ट खेलाडीहरु सामेल हुने क्लबले जानकारी दिएको छ । जुनमा सिंगापुरमा सम्पन्न सिंगापुर टि-२० मा सहभागिता जनाउने क्रममा हंगकंग रास्ट्रिय टिमका ७ जना खेलाडीहरुले काउलुनको प्रतिनिधित्व गरेका थिए । वकास बर्कात, किन्चित शाह, म्याथु स्टिलर, बाबर हायत, एहसान खान, निजाकत खान, करनदिप सिंह जस्ता खेलाडीहरु उक्त प्रतियोगिता खेलेका थिए ।

क्लबका निर्देशक तथा हंगकंग क्रिकेट टिमका पुर्व प्रशिक्षक समेत रहेका चार्ली ब्रुकको आव्हानमा कप हुन लागेको हो ।

“नेपाललाई आतिथ्य गर्नु हाम्रो अहोभाग्य हो l म विश्वस्त छु नेपाली समाज र हंगकंग क्रिकेट परिवारले यो खेललाई विशेष बनाउनेछन्” ब्रुकले खेल भब्य हुने बिश्वास ब्यक्त गरेका छन् ।

“नेपाल र अझ बिशेष गरि कप्तान पारस खड्कासंग मेरो बलियो सम्बन्ध छ र हामी तयार छौ उनीहरुलाई आतिथ्य गर्न ।”

क्लबले खेलको प्रत्यक्ष प्रशारण आफ्नो फेसबुकमा समेत गर्ने बताएको छ । काउलुन क्रिकेट क्लबको मैदानमा हुने खेलमा दर्शकहरु निशुल्क प्रवेश गर्न सक्ने छन् l

नेपाली क्रिकेट टिम हाल बिश्व क्रिकेट लिगको तयारीको लागि चेन्नाईमा रहेको छ । २ वटा अभ्यास खेल खेलीसकेको टिमले बाँकी २ वटा अभ्यास खेल शनिबार र सोमबार खेल्नेछ जसपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाली टिम अक्टोबर ८ तारिकमा हंगकंग पुग्नेछ ।

यो पनि पढ्नुस 

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]