हंगकंगसंग नेपालको पहिलो खेल, ओमानमा ५ देश सहभागी प्रतियोगिता खेल्ने पक्का ( खेल तालिका सहित )

नेपाली राष्ट्रिय टिमले आगामी महिना ओमानमा ५ देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ।

अक्टोबर ५ देखि १० सम्म ( असोज १८ देखि – २३ ) सम्म आयोजना हुने प्रतियोगितामा आयोजक ओमान र नेपाल सहित, हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्।

प्रतियोगिता अक्टोबर ११ देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौटको लागि तयारीको लागि आयोजना गरिएको हो। नेपाल बाहेक अन्य ४ टिम टि-२० विश्वकप छनौटको लागि खेल्दैछन्। नेपाल भने सिंगापुरमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा तेश्रो स्थानमा रहँदै विश्वकप छनौट हुन असफल रह्यो।

नेपाल टि-२० विश्वकप ग्लोबल छनौटमा पुग्न असफल रह्यो

प्रतियोगितामा सहभागी हुन ओमान क्रिकेटले नेपाललाई १ महिना अगाडीनै निम्तो पठाएको थियो। नेपाल सहभागी हुनको लागि आईसीसीको अनुमतिको पर्खाइमा रहेको थियो। आईसीसीले अनुमति दिएको नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन्।

नेपालको खेलतालिका 

नेपालले प्रतियोगिता अन्तर्गत अक्टोबर ६ तारिकमा हंगकंगसंग पहिलो खेल खेल्नेछ। यस्तै अक्टोबर ७ मा नेदरल्याण्डसंग दोश्रो खेल, अक्टोबर ९ मा आयरल्याण्डसंग तेश्रो खेल तथा अक्टोबर १० मा आयोजक ओमानसंग चौथो खेल खेल्नेछ। सबै खेलहरु ओसी टर्फ मैदानमा खेलिने बताईएको छ।

नेपालको खेल हिन्दुहरुको महान चाड दशैंमा परेको छ। विजयदशमी अशोज ८ मा रहेको छ जसको २ दिन पहिला र २ दिन पछि नेपालको खेल रहेको छ। विजयदशमीको दिन नेपाली टिमले आराम पाउनेछ।

बिरुद्ध हंगकंग – अक्टोबर ६ ( असोज १९ )
बिरुद्ध नेदरल्याण्ड – अक्टोबर – ७ ( असोज २० )
बिरुद्ध आयरल्याण्ड – अक्टोबर ९ ( असोज २२ )
बिरुद्ध ओमान – अक्टोबर १० ( असोज २३ )

ओमान टि-२० अन्तर्राष्ट्रिय वरियतामा १८ औं स्थानमा रहेको छ। नेदरल्याण्ड १३ औं, आयरल्याण्ड १५ औं, हंगकंग १९ औं स्थानमा रहेको छ। नेपाल सबैभन्दा अघि वरियतामा ११ औं स्थानमा रहेको छ।

२०१८ डिसेम्बर को अन्तिमा आईसीसी टि-२० वरियतामा ११ देखि १६ औं स्थानमा रहेका कारण स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान र आयरल्याण्ड सिधै टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिएका हुन्। युएईले यस अघि नेपालसंगै एसिया फाइनल खेल्नु परेता पनि पछि आईसीसीले ग्लोबल छनौट आयोजकको भूमिका दिंदा आयोजकको रुपमा स्वतः छनौट भएको थियो। नेपालले सन् २०१२, २०१३ र २०१५ मा टि-२० विश्वकप छनौट खेलेको थियो।

नेपालले खेल्ने आगामी प्रतियोगिताहरु :- 

१. दक्षिण एसियाली खेलकुद – डिसेम्बर १-१० ( सहभागी रास्ट्र – नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, भुटान ) नोट – टेस्ट राष्ट्रहरुले २३ वर्ष मुनिको टिम खेलाउन सक्ने

२. ओमान टुर – अक्टोबर ५ देखि ( सहभागी रास्ट्र – नेपाल, ओमान, नेदरल्याण्ड, आयरल्याण्ड र हंगकंग ) नोट – नेपालको सहभागिता पक्का हुन बाँकी

३. आईसीसी विश्वकप लिग-२ – २०१९ देखि २१ ( सहभागी रास्ट्र – नेपाल, स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान )

विश्वकप लिग-२ मा नेपालको खेल तालिका

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्थान तोकिएको छैन )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( स्थान तोकिएको छैन )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी ( स्थान तोकिएको छैन )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( स्थान तोकिएको छैन )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( स्थान तोकिएको छैन )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( स्थान तोकिएको छैन )

४. पुरुष सिनियर इस्टर्न टि-२०  – मार्च २०२० ( सहभागी रास्ट्र – नेपाल, मलेसिया, थाईल्याण्ड, सिंगापुर, भुटान, चिन, म्यानमार, हग्कंग

 

 

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]