ओमान बिरुद्ध नेपालको जितमा बनेका ८ रेकर्ड

आयोजक ओमानलाई ६ विकेटले पराजित गर्दै नेपालले चार देशीय टि-२० सिरिजमा विजयी सुरुवात गरेको छ। खेलमा ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९.३ ओभरमा भेटायो। नेपालको जितमा ब्याटिंगतर्फ दिपेन्द्र ऐरीले ७३ रन तथा बलिंगतर्फ अविनाश बोहराले ३ विकेट लिए। खेलको क्रममा बनेका रेकर्डहरुलाई यहाँ प्रस्तुत गरेका छौँ –

१) टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान बिरुद्ध नेपालको यो पहिलो जित हो। ओमानसंग नेपालले यस अघि २०१९ मा मात्र एउटा खेल खेलेको थियो जसमा ६ विकेटको हार बेहोरेको थियो।

२) दिपेन्द्र ऐरीले बनाएको अविजित ७३ रन चौंथो नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानको उच्च व्यक्तिगत स्कोर हो। दिपेन्द्रले आफ्नै रेकर्ड तोडेका हुन्। उनले नेदरल्याण्डसंग गत वर्ष चौंथो नम्बरमा ब्याटिंग गर्दै ६० रन बनाएका थिए।

३) दिपेन्द्रको ७३ रन नेपालको टि-२० अन्तर्राष्ट्रियमा पाँचौ व्यक्तिगत उच्च स्कोर हो। सबैभन्दा उच्च व्यक्तिगत स्कोरको रेकर्ड ज्ञानेन्द्र मल्लको नाममा रहेको छ जसले भुटान बिरुद्ध १०७ रन बनाएका थिए। दोश्रो धेरै पारस खड्काले १०६, तेश्रो धेरै पारस खड्काले ब८६ रन तथा चौथो धेरै कुशल भुर्तेलले ७७ रन बनाएका छन्।

४) दिपेन्द्रको ७३ रन ओमान बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानले बनाएको उच्च स्कोर हो। यस अघि ओमान बिरुद्ध नेपाली ब्याट्सम्यानको उच्च स्कोर २० रन थियो जुन २०१९ मा आरिफ शेखले बनाएका थिए। यस्तै दिपेन्द्रको स्कोर ओमान बिरुद्ध कुनै पनि देशले बनाएको पाँचौ ठूलो स्कोर हो।

५) टि-२० अन्तर्राष्ट्रियमा दुई वटा ५० माथिको स्कोर बनाउने दिपेन्द्र मात्र पाँचौ नेपाली क्रिकेटर बनेका छन्। यस अघि पारस खड्काले सर्वाधिक ५ पटक, कुशल भुर्तेलले ४ पटक तथा बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २ पटक ५० माथिको स्कोर बनाएका थिए।

६) अविनाश बोहराको स्पेल ( ४-०-२६-३ ) ओमान बिरुद्ध नेपाली बलरको टि-२० अन्तर्राष्ट्रियमा उत्कृस्ट स्पेल हो। यस अघि यो रेकर्ड करन केसीको नाममा थियो जसले २७ रन खर्चेर २ विकेट लिएका थिए।

७) सन्दिप लामिछाने टि-२० अन्तर्राष्ट्रियमा कप्तानी गर्ने नेपालको सबैभन्दा कान्छो कप्तान बनेका छन्। सन्दिपको उमेर २१ वर्ष १९३ दिन रहेको छ। पारस खड्काले २७ वर्ष तथा ज्ञानेन्द्र मल्लले २९ वर्षको उमेरमा नेपालको पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गरेका थिए। यस्तै सन्दिप विश्वकै आठौँ कान्छो टि-ट्वान्टी अन्तर्राष्ट्रिय कप्तान समेत बनेका छन्। सबैभन्दा कान्छो उमेरमा टि-२० अन्तर्राष्ट्रिय कप्तानी गर्ने रेकर्ड मलेसियाका भिरनदिप सिंहको नाममा छ जसले २०१९ मा २० वर्ष १९० दिनको उमेरमा भानुआटु बिरुद्ध कप्तानी गरेका थिए।

८) खेलमा डेब्यु गरेका सागर ढकालले ३ ओभरमा ३६ रन खर्चेर विकेटविहिन रहे। डेब्युमा नेपाली बलरको यो सबैभन्दा महँगो स्पेल हो। यस्तै देब्रे हाते स्पिनरको कुरा गर्दा यो नेपाली देब्रे हाते स्पिनरको चौंथो महँगो स्पेल हो।





थप समाचार

सप्तरी प्राइड लिग-७ : राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सेमीफाइनलमा

सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ […]

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]