नेपाल ८९ रनमै अलआउट

२०७४ मंसिर १५, शुक्रबार ०९:०६

  • विकेटनेपाल, १५ मङ्सिर 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको युएईसंगको खेलको लागि युएईमा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ ।

खेल अबुदाबीको नर्सरी ओभल मैदान टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले ८९ रनमै सबै विकेट गुमाएको छ।

टस जितेर बलिंग रोजेको पुर्व नेपाली क्रिकेट टिम प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण गरिरहेको टिम अमेरिकाले सुरुवातमा पाएको विकेटको साथको भरपुर फाइदा उठायो।

ओपनर दिलिप नाथ र सागर पुनले क्रमशः १६ र ९ रन बनाएर आउट भएपछि अनिल शाह ० , आरिफ शेख ४, दिपेन्द्र ऐरी १२, शरद भेसावकर ० तथा कुशल भुर्तेल १० रनमा आउट भए।

नेपालको लागि बसन्त रेग्मीले सर्बाधिक २१ रनको योगदान दिएका थिए।

अमेरिकी बलर जपेन पटेलले सर्बाधिक ४ विकेट हात पारे जुन क्रममा उनले ४.३ ओभरमा ८ रन मात्रै खर्चिएका थिए। यस्तै रोय सिल्भा र नोस्ठुश केन्जिगेले २/२ विकेट हात पारे।

खेलमा नेपालको कप्तानी शरद भेसावकरले गरिरहेका छन् भने शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी र करन केसी खेल खेलीरहेका छैनन्। बैकल्पिक खेलाडीको रुपमा युएई गएका अनिल शाह र कुशल भुर्तेलले खेलमा मौका पाएका छन्।

अहिले लक्ष पछ्याउन अमेरिकी टिम ब्याटिंग गरिरहेको छ।

 

( फोटो – अमेरिका क्रिकेट )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy