नेपाल ८९ रनमै अलआउट

  • विकेटनेपाल, १५ मङ्सिर 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको युएईसंगको खेलको लागि युएईमा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ ।

खेल अबुदाबीको नर्सरी ओभल मैदान टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले ८९ रनमै सबै विकेट गुमाएको छ।

टस जितेर बलिंग रोजेको पुर्व नेपाली क्रिकेट टिम प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण गरिरहेको टिम अमेरिकाले सुरुवातमा पाएको विकेटको साथको भरपुर फाइदा उठायो।

ओपनर दिलिप नाथ र सागर पुनले क्रमशः १६ र ९ रन बनाएर आउट भएपछि अनिल शाह ० , आरिफ शेख ४, दिपेन्द्र ऐरी १२, शरद भेसावकर ० तथा कुशल भुर्तेल १० रनमा आउट भए।

नेपालको लागि बसन्त रेग्मीले सर्बाधिक २१ रनको योगदान दिएका थिए।

अमेरिकी बलर जपेन पटेलले सर्बाधिक ४ विकेट हात पारे जुन क्रममा उनले ४.३ ओभरमा ८ रन मात्रै खर्चिएका थिए। यस्तै रोय सिल्भा र नोस्ठुश केन्जिगेले २/२ विकेट हात पारे।

खेलमा नेपालको कप्तानी शरद भेसावकरले गरिरहेका छन् भने शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी र करन केसी खेल खेलीरहेका छैनन्। बैकल्पिक खेलाडीको रुपमा युएई गएका अनिल शाह र कुशल भुर्तेलले खेलमा मौका पाएका छन्।

अहिले लक्ष पछ्याउन अमेरिकी टिम ब्याटिंग गरिरहेको छ।

 

( फोटो – अमेरिका क्रिकेट )





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]