बंगलादेश ‘ए’ ले नेपाललाई दियो १८४ रनको लक्ष्य

काठमाडाैँ। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले आफ्नाे दाेस्राे खेलमा बंगलादेश ‘ए’ बाट १८४ रनकाे लक्ष्य पाएकाे छ।

अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर पहिले ब्याटिङ थालेकाे बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायाे।

बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे। यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए।

नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए।

यसअघि पहिलाे खेलमा नेपाल घरेलु टाेली नर्दर्न टेरिटाेरी स्टाइकरसँग ४२ रनले पराजित भएकाे थियाे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy