ईपीएल खेल्न नेपाल आइपुगे अफ्रिदी

विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न नेपाल आइपुगेका छन्।

अफ्रिदी ३:३० बजे दिउसो पाकिस्तानबाट नेपाल आइपुगेका हुन्। नेपाल आइपुगे पछि प्रतिक्रिया दिने क्रममा अफ्रिदीले आफुलाई घर जस्तै महसुस भएको प्रतिक्रिया दिए। उनले आफुले ईपीएलमा सुरुवाती दुई खेल मात्र खेल्ने पनि बताए।

उनि ईपीएलमा सन्दिप लामिछाने कप्तानीको टिम काठमाडौँ किंग्स-११ को प्रतिनिधित्व गर्दैछन्। टिमले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्दैछ। खेल सेप्टेम्बर २५ तारिख दिउसो १२:१५ बजे सुरु हुनेछ।

नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन्। लिगमा यस अघिको संस्करणहरुमा श्रीलंकाका फर्भेज महरुफ, दक्षिण अफ्रीकाका रिचर्ड लेभी तथा टेस्ट राष्ट्र आयरल्याण्डका केभिन ओ ब्रायन, पल स्टरलिंग जस्ता खेलाडीहरु खेलेका थिए। यो सिजन पनि बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, जिम्बाब्वेका सिकन्दर राजा, रायन बर्ल, अफगानिस्तानका मोहम्मद शाहजाद, दक्षिण अफ्रीकाका रिचर्ड लेभी, वेस्टइन्डिजका केसरिक् विलियम्स, चन्द्रपौल हेमराज जस्ता खेलाडीहरु ईपीएल खेल्दैछन्।

काठमाडौँ किंग्स-११ टिममा कप्तान सन्दिप बाहेक राष्ट्रिय टिमका युवा पेसर गुल्सन झा, सुबास खकुरेल, राजु रिजाल, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया समाबेश रहेका छन्। अन्य विदेशी खेलाडीको रुपमा टिममा अफ्रिदी पछि जिम्बाब्वेका अलराउण्डर रायन बर्ल, अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमनुल्लाह गुर्बज र सिंगापुरका जनक प्रकाश रहेका छन्।

काठमाडौँ किंग्स-११ टिम – सन्दिप लामिछाने ( कप्तान ) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी(✈️), जनक प्रकाश(✈️), रायन बर्ल(✈️), रहमनुल्लाह गुर्बज (✈️)





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]