“अनुकुल समय मिलाएर नेपाल आउनेछु” गम्भीर

२०७९ कार्तिक ४, शुक्रबार २२:१४

काठमाडौँ ग्रेट हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष सुदिप शर्माले भारत भ्रमण अन्तर्गत शुक्रबार भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरसंग भेट गरेका छन्। भारतीय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका ४१ वर्षीय गम्भीर हाल लोकसभाका सदस्य समेत रहेका छन्।

भेटको क्रममा अध्यक्ष शर्मा र गम्भीर बीच नेपाली क्रिकेटको विकास बारे कुराकानी भएको थियो। सोहि क्रममा शर्माले गम्भीरलाई नेपाल नेपाल भ्रमणको निम्तो समेत दिएको बताएका छन्।

“गम्भीरलाई नेपाल भ्रमणमा आउन निम्तो गरेका छौँ। उनले अनुकुल समय मिलाएर भविष्यमा आउछु भन्ने कुरा गर्नु भएको छ।” गम्भीरको नयाँ दिल्ली स्थित कार्यालयमा भेट बारे शर्माले जानकारी गराए।

विकेटनेपालसंग कुरा गर्दै शर्माले भेटमा भारतलाई नेपालको क्रिकेट लगायत खेलमा कसरि जोड्ने बारेमा कुराकानी भएको बताए। क्रिकेट धर्म जस्तै रहेको भारतलाई नेपालको क्रिकेट लगायत खेलसंग कसरि जोड्ने भन्ने उद्देश्यले भारत भ्रमणमा रहेको उनले बताए। काठमाडौँको बानेश्वर र हात्तीवन गरि दुई ठाउँमा संचालनमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले आफ्ना खेलाडीहरुलाई नियमित भारत लगायत अन्य देशको भ्रमणमा समेत लैजाने गरेको छ।

भारतको लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टि-ट्वान्टी खेलेका गम्भीरले ६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको कप्तानी गरेका छन्। गम्भीरले आफ्नो नेतृत्वमा २०१२ र २०१४ मा दुई पटक कोलकाता नाईट राइडर्सलाई इन्डियन प्रिमियर लिगको उपाधि जिताएका थिए। २०१८ मा नेपाली क्रिकेटर सन्दिप लामिछानेले आईपीएलमा डेब्यु गर्दा गम्भीरनै दिल्ली डेयर डेभिल्सको कप्तान थिए। हाल गम्भीर क्रिकेट कमेन्टेटरको रुपमा तथा भारतीय जनता पार्टीबाट राजनीतिमा समेत सक्रिय छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy